Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

पाकिस्तानमा पनि देखियो एमपक्सको संक्रमण





एजेन्सी ।
पाकिस्तानमा पनि एमपक्स संक्रमण देखापरेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा पहिलोपटक एमपक्सको संक्रमित फेला परेका हुन् ।
संक्रमित व्यक्ति खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन् । उनी खाडी देशबाट स्वदेश फर्किएका थिए । संक्रमित व्यक्ति ककसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लगाउन नमुना संकलन भइरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार सूचना जारी गरी विमानस्थल र त्यस्ता सबै ट्रान्जिट पोइन्टमा कडा स्क्रिनिङ भइरहेको बताएको थियो ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन् । स्वास्थ्य मन्त्रालय कुनै पनि परिस्थितिको सामना गर्न सतर्क रहेको उनको भनाइ छ । यसअघि स्विडेनमा एमपक्सको पहिलो संक्रमण देखिएको थियो ।