हरिद्वार
ज्ञान विज्ञानको विकासका लागि भारतको हरिद्वारमा आयोजित ‘प्रबुद्धजन योग विज्ञान शिविर’ आज एक समारोहका बीच सम्पन्न भएको छ ।
पतंजली योगपीठ हरिद्वारको आयोजनामा भएको सो शिविरमा नेपालीहरुको सहभागिता रहेको थियो । साउनको २८ गतेदेखि शुरु भएको सो शिविर पाँच दिनसम्म चलेको थियो ।
सुशासन, संस्कार र डिजिटल संसारको माध्यमबाट आफू, आफ्नो गाउँठाउँ, शासनसत्ता, विकास, वैश्विक परिवेश र मानवीय सम्बोधनलाई साकार गर्न सो शिविरले प्रमुख योगदान गरेको शिविरमा सहभागी महोत्तरीका मनरा शिसवा नगरपालिकाका मेयर मोहन पाण्डेयले बताए ।
योग ऋषि बाबा रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको प्रत्यक्ष सानिध्यमा भएको सो समारोहमा नेपाली काङ्ग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत, एमाले नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, लोसपाका नेता एवम् पूर्वमन्त्री अनिल कुमार झा, जनमत परिषदका राष्ट्रिय अध्यक्ष डा. जयकान्त राउत, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, पोखरा महानगरका मेयर धनराज आचार्य, जनकपुर उपमहानगरका मेयर मनोजकुमार साह, नेपाल हिन्दु परिषदका उपाध्यक्ष ज्योत्सना साउद, पतंजलि योगपीठ नेपालका ट्रष्टि शालिग्राम सिंह
नेपालका करिब ७५ पालिकाका प्रमुख वा उपप्रमुख, उद्योग वाणिज्य महासंघका पदाधिकारी, प्रहरी, समाजसेवी, प्राध्यापक, कलाकार, खेलाडी, पत्रकार लगायतका क्षेत्रका व्यक्तित्वहरु पनि सहभागिता रहेकोे थियो । कार्यक्रममा सहभागी अधिकांश पालिकाको संक्षिप्त विवरण पनि भरुवा सोलुसन मार्फत तयार पारी प्रस्तुत गरिएको थियो ।