Breaking 
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान |

मधेसका मुख्यमन्त्री तथा मन्त्रीहरुसंग कार्यसम्पादन करार सम्झौता





जनकपुरधाम ।
मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले मधेसका मन्त्रीहरुसंग कार्य सम्पादन करार सम्झौता गरेको छ । पछिल्लो समय मधेसका मन्त्रालयहरुको कार्यक्रम तथा योजनाहरु समयमै सम्पन्न नहुने, बजेट अत्याधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरुसंग कार्य सम्पादन करार सम्झौता गरिएको हो ।
मन्त्रालयहरुको कार्य सम्पादन मजबुत बनाउनका लागि सम्बन्धित मन्त्रीहरुसंग सम्झौता गरिएको हो, मुख्यमन्त्री सतिशकुमार सिंहले भने ‘अब मन्त्रीज्यूहरु मन्त्रालयका सचिवहरुसंग समन्वय गरेर मन्त्रालयका योजनाहरु कार्यान्वयनमा ल्याउने छन् र यसले परफर्मेन्स पनि राम्रो हुनेछ ।’ यसका साथै मन्त्रालयका योजनाहरु कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाई वा समस्या भईरहेको छ भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने मुख्यमन्त्री सिंहले बताए ।
उनले यो सम्झौताले मन्त्रालयका कर्मचारीहरुलाई दायित्व बोध गराउनुका साथै समयमै काम सम्पन्न गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री सिंहले अब मासिक वा त्रैमासिक रुपमा प्रत्येक मन्त्रालयको कार्य सम्पादनको समिक्षा समेत गरिने जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रीहरुसंग गरिएको कार्यसम्पादन करार सम्झौतामा प्रदेश सरकारका निति तथा कार्यक्रममा शामिल साझा योजनाहरुका साथै सम्बन्धित मन्त्रालयहरुको विभिन्न क्षेत्रका कार्यहरुलाई समेटिएको छ । सम्बन्धित मन्त्रीहरु आफ्नो मनत्रालयको सूचक निर्धारण गर्न स्वतन्त्र हुनेछन् ।