Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

मधेशमा होटेलको अवस्था कस्तो छ, होटेल संघका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठ के भन्नुहुन्छ ?





सुजीत कुमार झा
जनकपुरधाम

होटेल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले होटेल व्यवसायका लागि मधेश प्रदेश राम्रो वातावरण भएको स्थान रहेको बताउनुभएको छ । नेपाल आउने पर्यटक जानकी मन्दिर, गढीमाइ, सखड़ा सहितका धार्मिक स्थान घुम्न चाहन्छन् यो कुरो अन्य प्रदेश भन्दा यहाँको लागि विशेष रहेको उहाँको कथन रहेको छ ।
मोडेल खबरसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले धार्मिक पर्यटनलाई बढाएर यो प्रदेशलाई पाल्न मात्र होइन देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पर्यटक बढ़ोतरीले दिनसक्छ बताउनुभयो । अन्य व्यवसायको तुलनामा यसमा फाइदा देखिएपछि यो क्षेत्रका लगानीकर्ता हौसिएका छन् । वीरगञ्जका नाम चलेका पुजन होटेलका सञ्चालक समेत रहेका श्रेष्ठले केही वर्षयता मधेश प्रदेशमा बढ़ी होटल खुली रहेको पछाडी बाहरी र आन्तरिक पर्यटक नै रहेको उल्लेख गर्नुभयो । नेपाल आउने अधिकांश पर्यटक मधेश प्रदेश आउन चाहन्छन् यो सत्यलाई हामीले बुझीरहेको उहाँले थप्नुभयो । पर्यटनमार्फत नेपालमा आर्थिक परिवर्तन सम्भव भएकाले व्यवसायिक वातावरण निर्माणमा सघाउन उहाँले आग्रह गर्नुभयो ।
कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ । पर्यटकको आगमन बाक्लिएसँगै नेपाली होटेलहरूको व्यापार पनि फस्टाउँदै गएको छ । पछिल्लो समय विदेशी पर्यटकको चहलपहल वृद्धि हुँदै गएको छ । नेपालमा घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएपछि नेपालमा सञ्चालित होटेलहरूको व्यापारले पनि गति लिन थालेको हो ।
महामारीपछि पर्यटक आगमनदर सुध्रिएको छ भने पर्यटकीय गतिविधि पनि बढेको छ । राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुरधाम, वीरगञ्ज तथा चर्चित पदयात्रा गन्तव्यमा उल्लेख्य संख््यामा पर्यटक गएका छन् । ‘अब होटलहरुले समेत पर्यटकीय प्रचार प्रसारका लागि बजारीकरण गर्नुपर्छ । उहि पुरानो ढाँचाले त अब होटलहरु संचालन गर्न सकिदैन,’ उहाँको सुझाब रहेको छ । संघले पनि यसकुरोमा जोडदिइरहेको हुन्छ । ‘हरेक बैठकमा हामी होटेललाई कसरी अझै सुधार्न सकिन्छ त्यसमा छलफल गर्ने गरेको,’ उहाँले बताउनुभयो ।
‘प्रदेश सरकारको कामकाज प्रभावकारी अहिले नभएपनि पछि यसको सुधारमा योगदान दिने कुरोमा आफू आशावादी रहेको’ एक प्रश्नको जबाफमा उहाँले उल्लेख गर्नुभयो ।