Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

स्वतन्त्रता दिवसको अवसरमा जटही सीमा पोस्टमा झण्डा फहराइयो





जनकपुरधाम ।
भारतको ७८ औ स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाका स्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको छ ।
सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, प्रहरी चौकी, हाईस्कुल, बैंक, हुलाक कार्यालय, इन्स्पेक्टरको कार्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा झण्डा फहराउने कार्यक्रम मनाइएको हो ।
सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख सुनिल दत्तको अध्यक्षतामा भएको झण्डोत्सव कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष तथा राष्ट्रिय मुक्ती क्रान्ति अभियानका नेता राजीव झा र बाहिनीका प्रमुख इन्सपेक्टर दत्तले संयुक्तरूपमा नेपाल भारतको सीमा जटहीमा भारतको झण्डा फहराइएको थियो । उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष डा राजीव झा, नेपाल प्रहरीका वरिष्ठ सई सुरेन्द्र खेरवार, सशस्त्र प्रहरी सई शिव खवास र भारतको तर्फ बाट सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख इन्स्पेक्टर सुनिल दत्त, जयनगर कार्यालयका इनस्पेक्टर अंकुर मिश्रका साथै एल सी एस पिपरौन कार्यालयबाट सञ्जय कुमारको उपस्थिती रहेको थियो ।
नेपाल र भारतको पौराणीक नाताका साथै छिमेकी देश रहेकै कारण नेपालबाट पनि भारतलाई शुभकामना दिनेको ओइरोनै लागेको हुन्छ । यसै अवसरमा भारतको तर्फबाट नेपाल स्थित विभिन्न संघ संस्थालाई एम्वुलेन्स,स्कुल बस प्रदान गर्दे आएको छ ।