Breaking 
मोडेल खबरमा रमण पाण्डेय, उहाँले भन्नुभयो – गंगासागरको पूर्वतर्फ घाटमा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माण हुन्छ हुन्छ हुन्छ | राराबमा लगाइएको ताला खोलियो, आंशिक शिक्षकहरुको तलब भुक्तानी सम्बन्धि प्रकृया क्याम्पस प्रशासनले अगाडी बढाए | वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको निर्णय | सातवटै प्रदेशका उपसभामुखहरुको ३ दिवसीय सम्मेलन धनुषाको लालगढमा शुरु | शिक्षकहरुको आन्दोलन नरोकिए कक्षा १२को परीक्षा रोकिने सम्भावना | रास्वपाको सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले किन दिइन् राजिनामा | भूगर्भविदहरुको चेतावनी– भारत विनाशकारी भूकम्पको संघारमा छ | सुनको मूल्य एकै दिन ३६ सयले बढ्यो, १ लाख ९० हजारमाथि पुग्यो मूल्य | कुवेतसंगको पराजयपछि नेपाल आइसीसी बरियतामा १ स्थान खस्कियो | कि ई सरकार संकटमे अछि ? |

इजरायलको आक्रमणमा परी गाजामा ४० हजार बढीको मृत्यु , ६० प्रतिशत भौतिक संरचना ध्वस्त





एजेन्सी ।
इजरायलले विगत १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजारभन्दा बढीको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परी ९२ हजार जना घाइते भएका छन् ।
गत ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमण अहिले पनि जारी छ ।
हमासको स्वास्थ्य मन्त्रालयले विहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजार ५ जनाको मृत्यु भएको छ । गाजाको कूल जनसंख्या २३ लाख छ ।
गाजा क्षेत्रमा ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन् । स्याटलाइट तस्वीर हेर्दा सबैभन्दा धेरै भौतिक क्षति दक्षिणी शहर रफाहमा भएको छ ।