Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

होटेल संघ नेपाल मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीहरुको पदहस्तान्तरण कार्यक्रम सम्पन्न





जनकपुरधाम

होटेल संघ नेपाल मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीहरुको पदहस्तान्तरण कार्यक्रम विहिवार एक समारोह बीच सम्पन्न भएको छ । प्रदेशको अध्यक्षमा सुरेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा मोहनरञ्जन प्रसाद प्रधान, उपाध्यक्ष देवनारायण मण्डल, महासचिव दिपेन्द्र पराजुली, सचिव रमेश श्रेष्ठ र कोषाध्यक्ष विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा विनोद कुमार मैनाली, सुगन्धकुमार गुप्ता र राजेशकुमार शर्मा विजयी भएका छन् । विजयी भएका पदाधिकारीलाई पदहस्तान्तरण गरिएको छ ।
निवर्तमान अध्यक्ष विजय झुनझुनवालाले नवनिर्वाति अध्यक्ष श्रेष्ठलाई पदहस्तान्तरण गरेका छन् ।
सो समारोहमा वक्ताहरुले मधेश प्रदेशको होटेलको विकासको समबन्धमा चर्चा गरेका थिए । प्रमुख अतिथिको आसनवाट बोल्दै होटेल संघ नेपालका केन्द्रिय कोषाध्यक्ष युवराज श्रेष्ठले विदेशी पर्यटकलाई नेपाल आउने वातावरण बनाइदिन सरकारसँग आग्रह गर्दै नेपालमा रोक्ने काज होटेल व्यवसायीले गर्ने उल्लेख गरेका छन् । हामी पर्यटकलाई अतिथित्व गर्न सक्षम छौ, सेवामा कुनै कसर बाँकी राख्दिन उहाँले बताए ।
होटेल तथा पर्यटन व्यवसायी महासंघका अध्यक्ष हिरा गौतमले नेपालको विकास पर्यटन प्रवद्र्धनले मात्र हुन सक्ने सत्यलाई राज्यले बुझनु पर्ने बताए ।
समारोहमा निवर्तमान अध्यक्ष विजय झुनझुनवाला, मोहन प्रधान लगायतले बोल्नुभएको थियो ।