Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

प्राचीन देवभूमि ‘धनुषाधाम’





रामअशिष यादव।
त्रेता युगमा भगवान रामले सीता स्वयम्बरमा भगवान शिवको धनुष तोडेका थिए । भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजे पछि तीन टुक्रा भएको थियो । एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ । पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल हो धनुषा धाम ।


मधेसको राजधानी जनकपुरधामबाट २० किलोमिटरको दुरीमा रहेको धनुषाधाममा रहेको धनुष मन्दिर पर्यटकीय दृष्टिले एकदमै महत्वपूर्ण स्थल हो । सोही स्थलका कारण यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको भनिन्छ । धनुष मन्दिरमा दैनिक सयाँैको संख्यामा पर्यटकहरु पुग्ने गर्छ ।
त्रेता युगको इतिहास बोकेको सो स्थलको दर्शनका लागि नेपाल भारतको विभिन्न स्थानबाट दर्शनार्थीहरु पुग्ने गर्छन् । शुरुमा खुल्ला आकाशमै रहेको धनुषको टुक्रा झरेको स्थल एक दशक अगाडी मात्रै मन्दिरको स्वरुप प्राप्त गरेको थियो । धनुष झरेको स्थलमा कालो सिमेन्ट झै ढुंगा झरेको देखिन्छ । धनुषको सो टुक्रा दिन दिनै बढ्दै गईरहेको शुरुमा सानै आकार रहेको सो टुक्रा अहिले सय मिटरसम्म फैलि सकेको छ । टुक्रा किन फैलि रहेको छ भन्ने अहिलेसम्म रहष्यमय नै छ । कालो ढुंगा जस्तै देखिने सो टुक्रा के हो भन्ने पुष्टी अहिलेसम्म वैज्ञानिकहरुले गर्न सकेका छैनन् । त्यो टुक्रा न ढुंगा, न काठ वा न त कुनै धातु नै रहेको अनुसन्धानबाट खुलेको थियो ।
समृद्धि र अतित को अदभूत प्रतीक रामयणकालिन प्राचीन देवभूमि धनुषाधामको प्राकृतिक ,धार्मिक र सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न राज्यले योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।


धनुषाधामको दिव्य आर्कषणको रुपमा रहेको अदभूत धनुष मन्दिर, धनुष कुण्ड, ३ सय ६० हेक्टर क्षेत्रफलमा रहेको धनुषाधाम जंगल , ऐतिहासिक वाण गंगा नदि , धनुष ताल, धनुष वाटिका, वनस्पति उधान पर्यटकहरुका लागि विशेष आकर्षणको केन्द्र रहेको छ । प्राकृतिक रुपमा अत्यन्तै समृद्धि मधेश प्रदेशको नागमणीको रुपमा प्रख्यात धनुषाधाम जंगलमा करिब २ सय ८६ प्रजाति का चडाचुरुंगीहरुको वास स्थान रहेको छ । विश्वको अति दुर्लभ स्पोटेट ईगल चरा र हर्नविल चराले धनुषाधाम जंगलमा प्रजनन् गर्ने गरेका छन । जंगल भित्र दर्जनौं प्रजाति स्तनधारी वन्यजन्तु र किंगकोबरा जस्तो सर्प हरुको सुरक्षित बास स्थान पनि रहेको हो । धनुषाधाम जंगलमा वन्यजन्तुकासाथै करिब २७० प्रजातिको बोट बिरुवा वनस्पति तथा जडिबुटि पनि रहेका छन् । धनुषाधाम जंगलमा पर्यापर्यटन विकासका लागि “धनुषाधाम जैविक प्राणी उधान“ स्थापना का लागि संघीय सरकारले तत्काल पहल गरेमा धनुषाधाम नगरपालिकाको विकासका साथै मधेश प्रदेश पर्यटन विकासमा थप सहयोग पुग्ने निश्चित छ ।
धनुषाधाम जंगलमा वनस्पति प्रशोधन केन्द्र , जलिय वनस्पति उद्यान र वनस्पति प्रयोगशाला निर्माणका लागि पनि राज्ले योजनावद्ध तरिकाबाट अगाडी बढे मधेश प्रदेशको आर्थिक समृद्धिमा बल पुग्नेछ ।
मिथिला वाईल्ड लाईफ ट्रष्ट, जिल्ला वन कार्यलय धनुषा, वन रेन्ज पोष्ट धनुषाधाम र स्थानीयको सार्थक सहयोगबाट वि. सं. २०७० साल मा धनुषाधाम संरक्षित वन परिषद गठन गरि उजाड़ रहेको धनुषाधाम जंगलको संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गरिएको थियोे ।
आन्तरिक र बाहिरी पर्यटककालागि विशेष आकर्षणको केन्द्र रहेको मधेश प्रदेशको गौरव पौराणिक , धार्मिक तथा सांस्कृतिक महत्व बोकेको प्राचीन देवभूमि धनुषाधामको विकासका लागि हाम्रो सामुहिक संकल्पका साथै राज्यले योजना बनाएर तत्काल नीतिगत र पुर्वाधार विकासकाका कार्यहरु अगाडी बढाउनुपर्ने आवश्यक्ता छ ।


 (लेखक मधेस प्रदेशको प्रदेशसभा सदस्य हुन् ।)