Breaking 
अमेरिकी डलर र युरोको भाउ घटबढ, अरुको कति ? | नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए | चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण | अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने | ट्रम्पको ‘ट्रुथ सोसल’मा मोदी पनि सहभागी | सबैला घटनालाई लिएर तत्काल चोकको नामाकरण नगर्नेसहित ५ बुँदे सहमति | जनकपुरधाममा भूमिगत जल संगोष्ठी हुने | पोखरा भ्रमण वर्ष बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन | शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर | सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट स्ववियु निर्वाचनको क्रममा फर्जी मतदाता पक्राउ |

थाक्सिनकी ३७ वर्षीया छोरी थाइल्यान्डको प्रधानमन्त्री बन्दै





एजेन्सी ।
थाइल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान सिनावात्रा प्रधानमन्त्री बन्ने भएकी छन् । उनी ३७ वर्षकी छन् ।
उनको फेउ थाइ पार्टीले प्रधानमन्त्रीको उम्मेदवारमा सिनावात्रालाई छनोट गरेको हो । यसअघि संवैधानिक अदालतले त्यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरिदिएको थियो ।
‘हामीले पेतोङत्रान सिनावात्रालाई मनोनयन गर्ने निर्णय लिएका छौँ,’ सो पार्टीका महासचिव सोरावङ थिएन्थोङले ब्यांककमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।
सांसदहरुले शुक्रबार नयाँ प्रधानमन्त्री चुन्नेछन्। फेउ थाइ पार्टी सत्तारुढ गठबन्धनको अगुवा हो ।
बुधबार संवैधानिक अदालतले प्रधानमन्त्री श्रेत्था थाभिसिनले जेल परेका व्यक्तिलाई प्रधानमन्त्री बनाएर संविधान उल्लंघन गरेको भन्दै उनलाई पदच्युत गरिदिएको थियो ।
उनी एक वर्ष पनि पदमा रहन पाएका थिएनन् ।
थाइल्यान्डमा दुई दशकयता राजनीतिक स्थिरता कायम हुन सकेको छैन । कू, आन्दोलन र अदालतको आदेशमा बारम्बार सरकार ढल्ने गरेका छन् ।