Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिको बैठक बोलाउने माओवादीको निर्णय





काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले प्रदेशस्तरमा संयुक्त केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार प्रत्येक प्रदेशस्तरमा अध्यक्ष, उपाध्यक्ष लगात पदाधिकारी जानेछन् । उनीहरूको सल्लाह र सुझाव अनुसार केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको शर्माले बताए ।
‘प्रदेशस्तरमा केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको छ । कुन प्रदेशमा कहिले बैठक राख्ने भनेर कार्यतालिका बन्दैछ । प्रदेश बैठकमा अध्यक्ष, उपाध्य, महासचिव लगायत नेताहरू सहभागी हुनेछन् । प्रदेशस्तरमा भएको छलफल, सुझावका आधारमा पूर्ण केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ’, उनले भने ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको वैचारिक र राजनीतिक मतभेदलाई अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएको शर्माले बताए ।