Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

पर्सामा बालबालिका हराउने क्रम बढ्दो, ३ वर्षमा ९ सय ५१ जना हराए





जनकपुरधाम ।

पछिल्लो समय पर्सा जिल्लामा मानिस हराउने क्रम बढ्दो छ । प्रहरीको एक तथ्यांकले जिल्लामा मानिस हराउने सङख्या बढ्दो क्रममा देखाएको छ ।

पछिल्लो तीन वर्षमा मात्र साढे ९ सय भन्दा बढी व्यक्ति हराएका छन् । आव ०७८/०७९ देखि ०८०/०८१ सम्ममा ९५१ जना मानिस जिल्लाभरिबाट हराएको प्रहरी आँकडा छ ।

प्रहरीको विवरणमा ०७८/०७९ मा २९०, ०७९/०८० मा ३२९ र ०८०/०८१ मा ३३२ जना हराएका छन् । यही तीन वर्षको अवधिमा हराएकाहरुमध्ये ७४८ जना फेला पारेको प्रहरी बताउँछ भने ६२८ जनाको विभिन्न स्थानहरुबाट उद्दार गरिएको प्रहरी रेकर्ड छ ।

हराउनेमा बढी बालिका

यो ३ वर्षको अवधिमा जिल्लाभरबाट हराउनेहरुको संख्यामध्ये बढी बालिकाको संख्या रहेको तथ्यांक छ । अर्थात् हराएका कुल मानिसमध्ये झण्डै आधा जति बालिकाको संख्या रहेको छ ।

प्रहरीमा परेको उजुरी अनुसार यो अवधिमा जिल्लाभरबाट ४४४ जना बालिका मात्रै हराएका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा २९०, ०७९/०८० मा ३२९ र ०८०/०८१ मा ३३२ बालिका हराएका छन् ।

यसैगरी हराउनेहरुको सूचिमा महिला, बालक र जेष्ठ नागरिकको सूचि पनि छ । यो ३ वर्षमा ३६३ जना महिला, १३१ जना बालक र १३ जना जेष्ठ नागरिक हराएका विवरण उजुरी प्रहरीमा दर्ता छ ।

यसरी हराएकाहरुमध्ये अधिकांश फेला पनि परेको प्रहरी विवरण छ । प्रहरीको तीन वर्षे तथ्यांकमा हराएकामध्ये धेरै फेला परेको रेकर्ड छ । यो अवधिमा हराएका ९५१ जना मध्ये ७४८ जनालाई भने फेला पारेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपी दिपक भारतीले दाबी गरे ।

उनका अनुसार ३४६ जना बालिका, २९० जना महिला, १०७ जना बालक र १२ जना जेष्ठ नागरिकलाई खोजी गरी फेला पार्न प्रहरी सफल भएको हो । पर्सा प्रहरीका डिएसपी भारतीका अनुसार ३ वर्षको अवधिमा ६२८ जनाको उद्दार गरिएको छ ।

प्रहरीले ३७८ जना महिला, १८४ जना बालिका र ६६ जना बालकको उद्दार गरेको विवरण छ ।

पर्सा जिल्ला भारतसँग खुल्ला सिमाना जोडिएकोले पनि यहाँका नागरिकहरु एक्कासी हराउने गरेको प्रहरी तर्क छ । तर त्योसंगै मुख्यतः सामाजिक सञ्जालको प्रभाव, बेरोजगारी, केटाकेटीमा उमेर नपुगी गरिने विवाह लगायतका कारण हराउनेहरुको संख्या बढ्दो गरेको डिएसपी दीपक भारतीले जनाए ।

यस्तै अभिभावकहरु आफ्ना छोराछोरी वा परिवारका सदस्यहरु अचानक बेपत्ता हुँदा निवेदन दिन आउने तर उनीहरु भेट्टिएपछि प्रहरीमा खबर नगर्दा पनि हराउनेको सङख्या कमी नआएको उनको भनाइ छ । उनी भन्छन्, ‘कोही हराउँदा आफन्तहरु निवेदन लिएर आउनुहुन्छ, तर फेला पारेपछि उहाँहरुलाई त्यसको खबर प्रहरीलाई दिनुहुन्न । त्यसकारण यो संख्यामा कमी आउँदैन, निवेदन दिएपछि त्यही हिसाबले गणना हुन्छ ।’

तैपनि प्रहरीले यस्ता घटनाहरु रोक्न सचेतनामूलक कार्यक्रम, सामाजिक सञ्चालमार्फत विभिन्न सूचना प्रवाहको काम गर्दै आइरहेको उनको दाबी छ ।