Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

प्रचण्ड–मावधबिच पार्टी एकताका लागि छलफल, नाम र चुनाव चिन्हमा लगभग सहमति





काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा दुई पार्टीबीच एकता गरेर जाने विषयमा छलफल भएको हो ।
प्रचण्ड र नेपालबीचको यो साता दोस्रो भेट हो । यसअघि सोमबार प्रचण्ड नेपाल निवासमै पुगेर भेट गरेका थिए । स्रोतका अनुसार प्रचण्डसँग भेटपछि अध्यक्ष नेपाल माओवादीसँग एकताकालागि साकारात्मक भएको माधव नेपाल निकट स्रोतले बतायो ।
तर, नेकपा एसमा माओवादीसँग एकता गर्ने विषयमा ठूलो मतान्तर छ । एमालेसँग एकताको लागि मूल नेतृत्व नै अनुदार भएकाले तत्काल सम्भव नभएको स्रोतको भनाइ छ ।
स्रोतले भन्यो, ‘हाम्रो प्राथमिकता एमालेसँगकै एकता थियो । तर, नेतृत्वको कारणले त्यो सम्भव देखिएन । नेकपा एसलाई विघटन गर्न र सिध्याउनतिर ओली लागेपछि माओवादीसँग एकता गर्न नेताहरु तयार भएका छन् ।’
एकतापछि पार्टीको नाम समाजवादी कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी राख्नदेखि चुनाव चिन्ह कलम नै राख्न पनि प्रचण्ड तयार भएको स्रोतले दाबी ग¥यो । भोलि पार्टीलाई प्रधानमन्त्रीको अवसर आउँदा माधव नेपाललाई बनाउने गरी संसदीय दलको नेता पनि स्वीकार्न प्रचण्ड तयार भएका छन् । समाजवादी मोर्चामा रहेका विप्लव र महेन्द्रराय यादव पक्षलाई समेट्नेबारेमा छलफल टुंगिसकेको छैन । ‘माओवादीसँग मिल्दा ठूला पंक्ति एमालेमा फर्किने डर भएकाले त्यसलाई भविष्यमा एमालेसँगको एकता गर्नेगरी नै अरु कम्युनिष्टहरु मिल्ने भन्ने ढंगले आह्वान गर्ने सहमति भएको छ । त्यही ढंगबाट वार्ता सकारात्मक भएको छ ।’
केही दिनअघि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि नेकपा एसको कार्यालयमा पुगेर महासचिव घनश्याम भुसालसँग पार्टी एकताको बिषयमा छलफल गरेका थिए । दुई नेताहरु अहिले पार्टी एकताको गृहकार्य गरिरहेका छन् ।
आजै प्रचण्डले विप्लवसँग पनि खुमलटार बोलाएर एकताको विषयमा छलफल गरेका थिए ।