Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सांगीतिक पर्यटनको प्रवद्र्धनका लागि भूमि लोक महोत्सव हुने





जनकपुरधाम ।
मधेशको राजधानी जनकपुरधामलाई सांगीतिक पर्यटनको प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले भूमि लोक महोत्सवको आयोजना हुने भएको छ ।
भूमि फाउण्डेसनका अध्यक्ष रञ्जन झाले कार्तिक १० गते भूमि लोक महोत्सवको आयोजना गरिने जानकारी दिएका छन् । जनकपुरधाममा महोत्सवको यो दोस्रो संकरण हुनेछ । सांगीतिक क्षेत्रमा लामो समयदेखि कार्यरत झाको पहलकदमीमा हुन लागेको लोक महोत्सवमा संगीत साधकहरुलाई जनकपुरधाममा भेलासमेत गराइने छ । महोत्सवमा अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन गरिने छ भने विभिन्न स्टलहरुसमेत राखिने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न सांगीतिक प्रस्तुति हुने अध्यक्ष झाले बताए ।