Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतबाट जनकपुरधाम कहिलेदेखि रेल चल्ने, नेपाल रेल्वेका महाप्रबन्धक के भन्छन् ?





सुजीतकुमार झा
जनकपुरधाम

भारतको विभिन्न स्थानवाट जनकपुरधामसम्म रेल चल्ने विभिन्न संचारमाध्यममा समाचार आएपनि नेपाल रेल्वेले यससम्बन्धमा आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेको छ । नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले पनि भारतवाट रेल आउने सम्बन्धमा आफूहरुलाई कुनै अधिकारिक जानकारी नरहेको बताउनु भएको छ ।
‘असोज ७ गते भारत गौरव यात्रा अन्तर्गत रेल आउने अनौपचारिक रुपले जानकारी आएको छ तर त्यो रेल चलाउनपनि अधिकारिक जानकारी आएपछि मात्रै केही भन्न सकिने,’ उहाँले बताउनु भएको छ । भारत गौरव ट्रेन भारतीय यात्रीहरुलाई धार्मिक स्थलहरुको भ्रमण गराउँछन् । प्रायः भारतीय भूमिको धार्मिकस्थल घुमाउँछन् तर नेपालको केही स्थानपनि घुमाएको छ । भारत गौरव यात्रा रेल केही वर्ष अघि जनकपुरधाम पनि आएको थियो । यसपाली पनि असोज ७ गते रेल जनकपुरधाम सम्म आउने भारतीय रेलका अधिकारीहरुको कोडगरी भारतीय सञ्चारमाध्यमहरुले लेखिरहेको छ ।
‘भारतीय गौरव रेल आउँदा नेपालको पर्यटनमा विकास हुने हामीले पनि महसुस गरिरहेको छु त्यसकारण यसप्रकारको यात्राका लागि हाम्रो तर्फबाट पनि दबाब हुने गरेको छ । हामी पटक–पटक भारतीय गौरव रेल ल्याउन भनिरहेको हुन्छु,’ उहाँले बताउनुभयो ।
जनकपुरधामबाट भारतको अयोध्यासम्म निरन्तर रेल चलोस त्यसको पक्षमा नेपाल रेल्वे रहेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतीय दूतावास र भारतीय रेल्वेसँग दूईपटक अनलाइन मिटिगं पनि गरेको छ । सो मिटिगंमा नेपाल रेल्वेका महाप्रबन्धक झापनि सहभागि भएका थिए । ‘दूबैपक्ष संगै बसेर रेल चलाउने सम्बन्धमा मिटिगं गर्ने पनि तयारी भइरहेको,’ उहाँले बताउनुभयो ।
नेपाल भारत रेल चलाउने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा र निर्माण महाशाखाले कार्य पनि गरिरहेको छ । तर अहिलेसम्म ठोस रुपले कुनै कार्य अगाडी बढन सकेको छैन् ।