Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

मुख्यमन्त्री सिँह र स्विस नियोगका अधिकारीबीच भेट





जनकपुरधाम ।
विकास तथा सहयोगका लागि स्विस नियोग(एसडिसी) नेपालले मधेश प्रदेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिँहसँगको भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप विस्तारित एवम् प्रभावकारी बनाइने बताएका छन् ।
नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयर लगायतका अधिकारीसँगको भेटमा मुख्यमन्त्री सिँहले मधेशमा सिँचाई लगायत बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने तथा नहर निर्माण योजना कार्यान्वयन, मधेश विश्वविद्यालयमा संघियता विषयमा अध्य्ययन अध्यापन गराउन, वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई दक्षता अभिवृद्धि तथा उद्यम सञ्चालन, प्रदेशमा पूर्ण साक्षरता, सूचना प्रविधिको विकास तथा व्यावसायीकरण आदिका क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।
उनले आँप र केरा लगायत खेतीको प्रवद्र्धन तथा उत्पादनका लागि प्रविधि हस्तान्तरण तथा उपयोगका लागि समेत नियोगका अधिकारीहरूको ध्यानाकर्षण गराए ।
नियोगका डेपुटी चिफ अफ मिसन मेयरले एसडिसी मार्फत स्विट्जरल्यान्डले नेपाललाई संघिय लोकतान्त्रिक राज्यका रूपमा विकसित गर्न, समतामूलक सामाजिक तथा आर्थिक विकास प्रवद्र्धन गर्न र नयाँ संघिय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारी प्रयोग गर्न सक्षम बनाउन सहयोग गरिरहेको बताए ।
मुख्यमन्त्रीसँगको भेटमा नियोगका प्रशासन तथा अर्थ विज्ञ मार्क वर्ली पनि सहभागी थिए ।