Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

साहित्यकारसभा शिक्षा मन्त्रीसँग भेटे, शास्त्रीय गायक कामतको संस्मरणमा पुरस्कार स्थापनाको माँग





जनकपुरधाम

शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मासँग भेटी मैथिली साहित्यकार सभाले पाँच सूत्रीय माँगपत्र बुझाएका छन् । माँगपत्रमा उपचारको अभावमा मृत्युवरण गरेका शास्त्रीय गायक गुरुदेव कामतको संस्मरणमा पुरस्कार कोषको स्थापना सहितको माँग उल्लेख रहेको छ । उहाँलाई संगीत शिरोमणिको उपाधि, परिवारलाई आर्थिक सहयोगको समेत माँग गरिएको छ ।
क्यान्सर रोगवाट पीडि़त रहेका गीतकार अशोक दत्तलाई ५ लाखको सहयोग र साहित्यकार कलाकारहरुको गम्भीर रोगको उपचारका लागि ५ करोडको स्रष्टा अक्षय कोष स्थापनाको माँग गरिएको छ ।
साहित्यकार सभाका पूर्व सभापाल प्रेम विदेह ललनको नेतृत्वमा माँगपत्र बुझाउन गएको सो टोलीमा सभापाल अरविन्द कुमार यादव, पूर्व कार्यपाल राजेन्द्र ललन, सामाजिक अभियन्ता शबनम खातुन लगायतको सहभागिता रहेको थियो ।
सभाले विभिन्न निकायमा बोर्धाथ पनि पठाएको छ ।
विरामी अवस्थामा कार्यक्रम गराई शास्त्रीय गायक कामतलाई मधेश प्रज्ञा प्रतिष्ठानले पारिश्रमिक नदिएकोमा सो संस्थाको अहिले कडा आलोचना भइरहेको छ । यो विषयलाई लिएर प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि़लाई शिक्षा मन्त्रालयले स्पष्टीकरण समेत सोधेको छ ।