सुजीतकुमार झा
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले एकैचोटी ८ जना राज्यमन्त्रीलाई हटाएपछि किन हटाए भन्ने उत्सुकताका बीच विश्लेषक रोशन जनकपुरीले राज्यमन्त्रीलाई हटाइएको प्रकरणलाई एउटै कोणबाट नहेर्न सल्लाह दिनुभएको छ ।
मोडेल खबरसँग कुरा गर्दै जनकपुरीले भन्नुभयो – मधेश प्रदेशमा गठबन्धन सरकार ठीकठाक चलिरहेको छैन त्यसको संकेत पनि हामीले पाइरहेका छौँ । जनमत पार्टीले पनि मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधेको थियो त्यो भयले पनि यस्तो कदम चाल्नु परेको उनलाई लागि रहेको छ । ‘सतिश सिंह सरकार चलाउने विषयलाई लिएर भ्रमित रहेको पनि मैले पाएको,’ उहाँले बताउनुभयो ।
जम्बो मन्त्रीमण्डल बनाएपछि चारैतिर विरोध भइरहेको थियो । जनता समाजवादी पार्टीका युवा र विद्यार्थी संगठन आन्दोलनमा ओर्लेको थियो यी सब कारणले मुख्यमन्त्री दवाबमा आएर हटाउने निर्णय गरेका छैनन त ? यससम्बन्धमा उहाँले भन्नुभयो, ‘ यस्ता विरोधले एकैचोटी सबै राज्यमन्त्रीलाई हटाइ दिन्छन् मलाइ लाग्दैन् ।’ अन्तिम मन्त्रीमण्डल विस्तारमा परेकालाई मात्रै हटाएको भए गठबन्धन भित्रबाट अझै विरोध हुन्थ्यो त्यसकारण ८ जनालाई हटाइएको हुनसक्छ उहाँको कथन रहेको छ ।
एउटा अर्को प्रसंगको जवाफमा उहाँले यथास्थितिमा मुख्यमन्त्री आफूलाई राख्नु हुँदैन् जनताको पक्षमा कार्य गर्ने दिसामा अगाडी बढनुपर्छ बताउनुभयो । तीनवटा मुख्यमन्त्री हामीले यो प्रदेशमा देखेका छौँ त्यसमध्ये सरोज यादव र सतिश सिंह दुबैमा खासै अन्तर छैन समय मात्र बिताइरहेका छन् लालबाबू राउतले यिनी दूबै भन्दा राम्रो काम गरेका थिए यद्यपि त्यो बेला भ्रष्टाचारका विषय निक्कै चर्चा पाएको उहाँले भन्नुभयो ।
बेटी बचाउ, बेटी पढाउ त्यो कार्य अगाडी बढाउनु पर्छ, थन्कि राखेको साइकललाई वितरणका लागि पहल गर्नुपर्छ जनकपुरीको सुझाव छ ।
प्रदेश सुधार्न सिके राउतको कुनै भूमिका देखिरहनु भएको छ प्रश्नको जवाफमा उहाँले मुख्यमन्त्री जस्तै सिके राउत पनि भ्रमित छन् । एक वर्ष पहिला जुन ढंगले चर्चा पाएका थिए त्यो छवी पनि कायम राख्न सक्नु भएको छैन उहाँले । जनकपुरीले भन्नुभयो – अगाडीमा आएर पार्टीलाई लिड गर्नुपर्छ अनि मात्रै प्रदेश सरकार वा कुनै विषयमा सुधार आउन सक्छ ।