Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टि २० विश्वकपको फाइनल खेलेका ८ खेलाडीलाई अफ्रिकी टिमबाट बाहिर राखियो





एजेन्सी ।
दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेको छ ।
वेष्टइण्डिजसँग हुने तीन टी–२० आई सिरिजका लागि दक्षिण अफ्रिकाले आफ्ना प्रमुख खेलाडीलाई बाहिर राख्दै नयाँ खेलाडीलाई मौका दिएको हो ।
जुन २९ मा भारतविरुद्ध विश्वकप फाइनल खेलेका ओपनर क्विन्टन डि कक, हेनरिक क्लासेन, डेविड मिलर, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्किया, तबरेज साम्सी र मार्को यानसन टोलीबाट बाहिर छन् । विश्वकप फाइनल खेलेका कप्तान एडेन माक्ररम, ट्रिस्टन स्टब्स र रिजा हेन्ड्रिक्स मात्रै वेष्टइण्डिजविरुद्ध सिरिजमा टोलीमा अटाएका छन् ।
अपराजित रहँदै फाइनल खेलेको दक्षिण अफ्रिका फाइनलमा भारतसँग ७ रनले पराजित भएको थियो । समूह चरणमा दक्षिण अफ्रिकाले नेपाललाई १ रनले हराएको थियो ।
युवा खेलाडीको विकास, सिनियर खेलाडीको ओभरलोड म्यानेजमेन्ट र चोटका कारण धेरै खेलाडी टोली बाहिर रहेका दक्षिण अफ्रिकाका प्रशिक्षक रोव वाल्टरले जनाएका छन् ।
१८ वर्षीय युवा तीव्र गतिका बलर क्वेना मफाकासँगै ३० वर्षीय शीर्षक्रमका ब्याटर जेसन स्मिथ पहिलो पटक दक्षिण अफ्रिका टोलीमा परेका छन् । क्वेनाले गतवर्ष यू–१९ विश्वकपका सर्वाधिक २१ विकेट लिएका थिए । यू–१९ विश्वकपमा राम्रो प्रदर्शनपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनलाई मुम्बई इन्डियन्सले टोलीमा अनुबन्ध गरेको थियो ।
गत मार्चमा आईपीएलको डेब्यू खेलमा सनराइजर्स हैदराबादविरुद्ध क्वेनाले ६६ रन खर्चिन पुगेका थिए । उक्त खेलमा हैदराबादले मुम्बईविरुद्ध २७७ रन बनाएको थियो । दोस्रो खेलमा राजस्थान रोयल्सविरुद्ध २ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका थिए । ओपनर यशस्वी जैसवाललाई १० रनमा आउट गरेका उनी त्यसपछि स्वदेश फर्किएका थिए । उनलाई दक्षिण अफ्रिका तीव्र गतिको बलरमा भविष्य मानिदै आएको छ । दक्षिण अफ्रिका र वेष्टइण्डिजबीचको तीन टी–२० आई सिरिज २४, २६ र २८ अगष्टमा हुनेछ ।

दक्षिण अफ्रिका टोली ः

एडेन माक्ररम (कप्तान), ओटलिन बार्टम्यान, नान्द्रे बर्गर, डोनोभान फेरेरा, ब्जोर्न फर्टुन, रिजा हेन्ड्रिक्स, प्याट्रिक क्रुगर, क्वेना मफाका, विआन मुल्डर, लुंगी एनगिडी, रयान रिक्केल्टन, जेसन स्मिथ, ट्रिस्टन स्टब्स, रास्सी भान डर डुसेन र लिजाड विलियम्स ।