Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न लिङ्देनको माग





काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भए पनि नसम्झिएको भन्दै आपत्ति जनाएका छन् ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने भूमिका खेलेबापत तत्कालीन राजालाई राजनीतिक दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका हुन् । आफूले मौका पाउने बित्तिकै अरूलाई बिर्सिन नहुने उनको भनाई थियो ।
उनले भने, ‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन राजाको योगदान छैन ? दलहरूले त राजालाई शान्ति प्रक्रियामा योगदान पु¥याए बापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो ।’
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताए । उनले यसलाई कसरी टुङ्ग्याउने भन्ने कुरामा मात्रै छलफल हुँदा त्यस बेलाका पीडित पक्षलाई नछोइएको बताए ।