Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

एक हजार सदस्यीय समिति घोषणा गर्दै राजेन्द्र महतो





जनकपुरधाम ।
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्तिका लागि एक हजार सदस्यीय एक समितिको घोषणा गर्न लागेका छन् । सो समितिको घोषणा साउन ३२ गते गर्ने तयारी भइरहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले जानकारी दिए ।
समितिको नाम भने टुङ्गो लाग्न बाँकी रहेको छ । मेहताका अनुसार बहुल राष्ट्रिय सभा, राष्ट्रिय सभा राष्ट्रिय परिषद् र नेसनल प्लेनियममध्ये एउटा नाम राख्ने मोटामोटी सहमति भएको र एक दुई दिनमै टुङ्गो लाग्नेछ ।
राष्ट्रिय मुक्ति क्रान्ति घोषणा गर्दा राजेन्द्र महतोलाई मात्र संयोजक बनाइएको थियो । अरू सबै साधारण सदस्य थिए । अब संयोजकसहित ९९९ जनालाई सदस्य राखिने उनको भनाई छ । राष्ट्रिय मुक्ति क्रान्तिमा संयोजक बाहेक अरू सबै सदस्य रहनेछन् ।
अन्य पदहरू भने सिर्जना नगर्ने नेता मेहताले बताए । सो समिति अन्तर्गत विभिन्न ५५ वटा परिषद्हरू रहनेछन् । ती परिषद्को पनि संयोजक मात्र रहने छन् भने बाँकी सबै सदस्य रहने राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ ।
त्यसबाहेक सोही समितिबाट भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो तथा भातृ सङ्गठनहरूको संयोजक बनाउने तयारी रहेको छ । भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो, भातृ सङ्गठनमा पनि एक–एक जना मात्र संयोजक रहने अरू सबै सदस्यमा रहने नेता मेहताले बताए ।
यही समितिले एउटा गोलमेच सम्मेलनको आयोजना गरी कार्तिक मसान्तसम्म एउटा पार्टी निर्माण गर्ने राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ । पार्टी बने पनि राष्ट्रिय मुक्ति क्रान्ति एउटा अभियानको रूपमा रहिरहने बताइएको छ ।