Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

सुड़ी समाजको विकासका लागि मेरो मनमा एउटा रोडमैप छः रामवालक महतो ‘संजीव’





जनकपुरधामको श्रीराम जानकी सुड़ी कुट्टीको अध्यक्षमा रामवालक महतो ‘संजीव’ निर्वाचित हुनु भएको छ । आज उहाँ प्रमाणपत्र पनि ग्रहण गर्नु भएको छ । प्रमाणपत्र प्राप्त गरेपछि नवनिर्वाचित अध्यक्ष संजीवसँग मोडेल खबरका लागि सुजीत कुमार झाले गरेको कुराकानी –

निकै मतबाट तपाई जित्नुभयो यसरी जित्नुहुन्छ यसमा कति विश्वस्त हुनुहुन्थ्यो ?

त्यति त थिइन, कारण चुनाबमा कुन बेला के हुन्छ अनुमानले मात्रै कार्य गर्दैनन् तर साथीभाइले पनि तपाई नै जित्नुहुन्छ भन्दै थिए । मेरो अन्तरआत्माको आवाज पनि साथीभाइको कुरोमा समर्थन गर्दै थियो । यति मतको अन्तरले म जित्छु विश्वास थिएन । अत्यधिक मतले जिम्मेवारी पनि बढ़ाएको छ ।

कस्तो जिम्मेवारी बढ़ाएको छ ?
अधिकांशले मलाई समर्थन गरेको छ । राम्रो कार्य गरेर देखाउनु पर्छ यसमा सतर्क रहन्छु । राम्रो काम गरेर देखाउँछु । विकास गर्छु..विकास गर्छु..विकास गर्छु… जातीय उत्थान गर्छु ।
सर्तक र राम्रो कामको तात्पर्य के भन्न खोज्नु भएको ?
सुड़ी समाजको विकासका लागि मेरो मनमा एउटा रोडमैप छ । त्यो पूरा गर्नु छ जसका लागि विहिवार सपथग्रहण पछि नै शुरु गर्ने अर्थात कार्य बढाउने छु । चुनाव जित्न बितिकै जानकार साथीहरुसँग कुरो पनि गरेको छु । उहाँहरुको पनि मेरो रोडमैपमा समर्थन रहेको छ ।
तपाईको रोडमैप अहिले हामीले थाहा पाउन सक्छु कि ?
किन न सक्नु । सञ्चारमाध्यमलाई सबैकुरो जान्ने छुट हुन्छ । मोडेल खबरको माध्यमले हाम्रा योजनाहरु जातीका घर–घरमा पुग्न सक्छ । ३ वर्षको मेरो कार्यकालमा छात्रा छात्रावास र वृद्धाश्रम बनाउनु छ । शिक्षामा सुड़ी समाजको कसरी दबदबा बढ़ोस त्यसका लागि उत्प्रेरणा कार्यक्रम चलाउने छु । विवाहमा देखिएका समस्याहरुलाई हटाउने प्रयास गर्ने छु । हाम्रा जातीका संस्थाहरु अरु जिल्लामा पनि छ महोत्तरी, सिरहा, सर्लाही सहितलाई समन्वय गरेर जातीय उत्थानका लागि कार्य गर्ने छु ।
जित्दाखेरी सबै अध्यक्षले यस्तै भन्छन् तर चुनाब जीतेपछि सबैथोक बिर्सिहाल्छन् ?
मेरो सपनाहरुमा कुनै रोकाबट नहोस त्यसमा सर्तक रहन्छु । दिसावाट भटकिने प्रयास गरियो भने तपाई मिडियाकर्मीहरु झकझकाउनु होला । म समय बिताउनका लागि होइन, कार्य गर्न सुड़ी समाजमा पुगेको छु । पछिका दिनमा पनि हेर्नु होला ।
नेताहरुको निकै बधाइ आएको होला तपाई आफनो जातीको एकमुष्ट भोट दिलाउन सक्नुहुन्छ ?
बधाई नेताको पनि आएको छ । इष्टमित्र सबैको आएको छ । यसको अर्थ यो होइन मैले जातीलाई राजनीतिमा प्रयोग गर्छु । मेरो पनि आस्था कही होला तर त्यसलाई सुडी समाजको प्रागंण भित्र आउनदिन्न । मैले समाजसेवा, जातीय उत्थानमा मात्र केन्द्रित हुन चाहन्छु । शुरुमै तपाइलाई भन्दिए मैले जुन रोडमेप बनाएछु त्यसबाट तलमाथि हुन्न । मेरो गोल सुड़ी समाजको उत्थान हो ।
जातीय संस्थामा आएपछि तपाईको व्यवसायमा असर त पर्छ यसलाई कसरी म्यानेज गर्नुहुन्छ ?
कुनै कुरो सिस्टमले चल्छ । यसका लागि शुरुदेखि नै मेरो दैनिकी तय रहेको छ । कुनकामका लागि कति समय दिनुपर्छ यो तालिका बनाए पछि कुनै समस्यै हुँदैनन् । मेरो तँ टिभिएसको शो रुम जनकपुरधाम, यदुकोहा, जलेश्वर, महेन्द्रनगर, सबैला सहितको ठाउँमा छ । केही पेट्रोल पम्प छ । यो त सानो व्यवसाय हो । ठूलो व्यवसायीहरु प्नि समाजसेवाका लागि दैनिक समय निकालेको हामीसबैले हेररिहन्छु ।
अन्त्यमा जनकपुरधामको विकास कसरी हुन्छ रोकावट कहाँ हेरिरहनु भएको छ ?
हम सुधरेगें जग सुधरेगा यो मूलमन्त्रको आवश्यकता मैले एउटा व्यवसायीको आँखाबाट हेरिरहेछु । समन्वयको पनि अभाव रहेको छ । मैले जातीय संगठन बीच समन्वय गरी विकासका लागि सानो प्रयास गर्ने छु । जनकपुरधाममा रहेका सबै जातीसंस्थाका अधिकारीहरुसंग बैठकगरी पूरै समाज जसमा नगर स्वतः आइहाल्छ त्यसको विकासका लागि प्रयास गर्नेछु । सबै मिलेपछि धेरै समस्याको निकास हुने छ ।