जनकपुरधाम ।
रौतहटको गौरमा एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको हत्या गरिएको हो । महतोको शव भने बुधबार बिहान फेला परेको हो ।
महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।