जनकपुरधाम ।
जनकपुरधामको श्रीराम जानकी सुडी कुट्टीको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । बुधबार निर्वाचन आयुक्त राजकुमार महासेठले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् । प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष रतन पूर्वेको समेत उपस्थिति रहेको थियो ।
नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण बिहिबार हुने निर्वाचन आयुक्त महासेठले जानकारी दिए ।
साउन २६ गते श्रीराम जानकी सुडी कुट्टीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा रामबालक महतो निर्वाचित भएका थिए । निर्वाचनमा महतो प्यानलकै अधिकांश सदस्यहरु श्रीराम जानकी कुट्टीको कार्यसमितिमा निर्वाचित भएका थिए । कार्यसमितिको सदस्यहरुमा पुनम साह, संतोषकुमार साह, संतोषकुमार महतो, धर्वेन्द्र साह, अरुणकुमार नायक, सुजितकुमार महतो, विनोदकुमार साह, श्यामसुन्दर साह, नरेशकुमार महासेठ र रामवृक्ष महतो सुडी निर्वाचित भएको थिए ।