Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

श्रीराम जानकी सुडी कुट्टीका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण, बिहिबार शपथग्रहण





जनकपुरधाम ।
जनकपुरधामको श्रीराम जानकी सुडी कुट्टीको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । बुधबार निर्वाचन आयुक्त राजकुमार महासेठले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् । प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष रतन पूर्वेको समेत उपस्थिति रहेको थियो ।
नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण बिहिबार हुने निर्वाचन आयुक्त महासेठले जानकारी दिए ।
साउन २६ गते श्रीराम जानकी सुडी कुट्टीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा रामबालक महतो निर्वाचित भएका थिए । निर्वाचनमा महतो प्यानलकै अधिकांश सदस्यहरु श्रीराम जानकी कुट्टीको कार्यसमितिमा निर्वाचित भएका थिए । कार्यसमितिको सदस्यहरुमा पुनम साह, संतोषकुमार साह, संतोषकुमार महतो, धर्वेन्द्र साह, अरुणकुमार नायक, सुजितकुमार महतो, विनोदकुमार साह, श्यामसुन्दर साह, नरेशकुमार महासेठ र रामवृक्ष महतो सुडी निर्वाचित भएको थिए ।