Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री बनाएको चीनको दाबी





एजेन्सी ।
चिनियाँ कार निर्माता कम्पनी जीकरले विश्वमै सबैभन्दा छिटो चार्ज हुने विद्युतीय सवारी साधन (ईभी)को ब्याट्री बनाएको दाबी गरेको छ । कम्पनीको नयाँ ईभीको ब्याट्री अमेरिकी कम्पनी टेस्लालगायतका प्रतिस्पर्धी कम्पनीको तुलनामा छिटो चार्ज हुने कम्पनीको भनाई छ ।
अल्ट्रा फाष्ट चार्जिङको मद्दतले कम्पनीको अपग्रेडेड ब्याट्री साढे १० मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्ने बताइएको छ । १५ मिनेट चार्ज गर्दा मोडल थ्री कारको ब्याट्री १७५ माइल (२८२ किमि)सम्म गुड्ने अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लाले बताएको छ । यो भनेको कारको पूरा क्षमताको आधाभन्दा अलि कम हो ।
जीकरको २०२५ ००७ सेडान कार आगामी हप्तादेखि विक्रीका लागि उपलब्ध हुँदै छ । नयाँ ब्याट्री जडान गरिएको यो कम्पनीको पहिलो कार हुनेछ । टेस्लाको चार्जिङ प्रविधि उद्योगमा अब ‘लिडिङ’ नरहेको बजार परामर्शदाता कम्पनी सिनो अटो इन्साइट्सका संस्थापक तथा प्रबन्ध निर्देशक तु ले भनेका छन् ।
जीकरको दाबी भरोसा गर्न लायक भएको तर ती ब्याट्री विश्वको सबैभन्दा छिटो चार्ज हुने नभएपनि अहिले छिटै चार्ज हुने ईभी ब्याट्रीभन्दा अगाडि नै रहेको उनी बताउँछन् । जीकर चिनियाँ कार निर्माता कम्पनी गिलीको सहायक कम्पनी हो ।