Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री बनाएको चीनको दाबी





एजेन्सी ।
चिनियाँ कार निर्माता कम्पनी जीकरले विश्वमै सबैभन्दा छिटो चार्ज हुने विद्युतीय सवारी साधन (ईभी)को ब्याट्री बनाएको दाबी गरेको छ । कम्पनीको नयाँ ईभीको ब्याट्री अमेरिकी कम्पनी टेस्लालगायतका प्रतिस्पर्धी कम्पनीको तुलनामा छिटो चार्ज हुने कम्पनीको भनाई छ ।
अल्ट्रा फाष्ट चार्जिङको मद्दतले कम्पनीको अपग्रेडेड ब्याट्री साढे १० मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्ने बताइएको छ । १५ मिनेट चार्ज गर्दा मोडल थ्री कारको ब्याट्री १७५ माइल (२८२ किमि)सम्म गुड्ने अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लाले बताएको छ । यो भनेको कारको पूरा क्षमताको आधाभन्दा अलि कम हो ।
जीकरको २०२५ ००७ सेडान कार आगामी हप्तादेखि विक्रीका लागि उपलब्ध हुँदै छ । नयाँ ब्याट्री जडान गरिएको यो कम्पनीको पहिलो कार हुनेछ । टेस्लाको चार्जिङ प्रविधि उद्योगमा अब ‘लिडिङ’ नरहेको बजार परामर्शदाता कम्पनी सिनो अटो इन्साइट्सका संस्थापक तथा प्रबन्ध निर्देशक तु ले भनेका छन् ।
जीकरको दाबी भरोसा गर्न लायक भएको तर ती ब्याट्री विश्वको सबैभन्दा छिटो चार्ज हुने नभएपनि अहिले छिटै चार्ज हुने ईभी ब्याट्रीभन्दा अगाडि नै रहेको उनी बताउँछन् । जीकर चिनियाँ कार निर्माता कम्पनी गिलीको सहायक कम्पनी हो ।