Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

सुन्दर जनकपुरधाम हरेक जनकपुरधामवासीको परिकल्पना





संजय चौधरी ।
जनकपुरधाम त्यस्तो नगर जुन नगरमा विश्वभरीका हिन्दु धर्माबलम्बीहरुको आस्था छ । तर पछिल्लो समय जनकपुरधामलाई राजनीतिक तथा आर्थिक रुपमा पछाडी पारिदै आएको छ । उसो त सुन्दर र स्वच्छ जनकपुरधाम प्रत्येक जनकपुरधामवासीको परिकल्पना हो । जनकपुरधाम शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक रुपमा पछाडी पर्दै जानु प्रत्येक जनकपुरधामवासीका लागि चिन्ताको विषय हो । हुनत जनकपुरधामको अस्तित्वमाथी पटक पटक आक्रमण भएको इतिहास छ । एक पटक फेरी जनकपुरधाम आफूलाई स्थापित गर्ने विश्वास छ । जनकपुरधाम मधेसको राजधानी बन्न सफल त भएको छ अब राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य तथा पर्यकटीय दृष्टिकोणले पनि आफूलाई स्थापित गर्नेछ । तर यसकालागि जनकपुरधामवासी अगाडी आउनु आवश्यक छ ।
जनकपुरधाममा पर्यटन, शिक्षा तथा स्वास्थ्यको हब बन्ने प्रचुर सम्भावना छ । यसका लागि जनकपुरधामलाई स्वच्छ तथा सफा जनकपुरधाम बनाउने तर्फ एक धक्का दिनु आवश्यक छ । यसका लागि फोहोर व्यवस्थापन स्थलको खोजी गरिनु नितान्त आवश्यक छ । यो शहरमा धार्मिक तथा सांस्कृति शहर हो । त्यसैले धार्मिक पर्यटनलाई बढावा दिन केही काम गर्नु तर्फ केन्द्रित हुनु पर्छ । यहाँका मिथिला संस्कृतिलाई प्रवद्र्धन गर्दैे लैजानु पर्छ । जनकपुरधामका सडक सफा स्वच्छ राख्नुका साथै यहाँका पर्खालहरुमा मिथिला चित्रकलाले रंगिनुका साथै एकै रंगमा रंगिने योजना स्थानीय तहबाट ल्याउन पहल गर्नु पर्छ ।
जनकपुरधाममा रहेको २५ वडाहरुमध्ये अधिकांश वडा ग्रामीण वडा छ । ग्रामिण वडाका स्थानीय कृषिमा केन्द्रित छन् । अर्थात जनकपुरधामको पहिचान कृषिले पनि छ । त्यसैले त्यस्ता वडाहरुमा कृषि विद्युतिकरण व्यवस्थित हुनु पर्छ । प्रत्येक वडामा कृषि सडक बनाउने योजना स्थानीय तहले ल्याए कृषिमा विकास गर्न सकिने छ ।
कुनै समय थियो जनकपुरधामले पूरै विश्वलाई ज्ञानको ज्योती प्रदान गथ्र्यो । तर अहिले यहाँको शैक्षिक अवस्था कहालीलाग्दो छ । जनकपुरधाम उपमहानगरपालिकाले आफ्नै शिक्षा निति ल्याउनु पर्छ । यसका साथै विद्यालयको भौतिक संरचना व्यवस्थित गर्न तर्फ केन्द्रित हुनु पर्छ । यहाँका कतिपय निजि विद्यालयहरु मापदण्ड विपरित संचालित छन् त्यस्ता विद्यालयहरुलाई मापदण्ड भित्र ल्याइयनु पर्छ । अनि मात्र जनकपुरधामलाई शैक्षिक हवको रुपमा विकास गर्न सम्भव हुन्छ ।
जनकपुरधामलाई स्वास्थ्यको हवको रुपमा समेत विकास गर्न सकिने छ । अस्पतालहरुलाई व्यवस्थित गरेर त्यहाँबाट उपलब्ध गराइने सेवा सुविधालाई व्यवस्थित गर्न सकिए स्वास्थ्य सेवाको हवको रुपमा यो नगरलाई व्यवस्थित गर्न असम्भव हुने छैन ।
(लेखक राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता हुन् ।)