Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कर्मचारीमाथी हातपात गरिएको बिरोधमा भंगहा नगरपालिकाको काम ठप्प





जनकपुरधाम ।
कर्मचारीमाथी हातपात गरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका कर्मचारीले कामकाज ठप्प गरेका छन् । कार्यालय प्राङ्गण भित्रै कर्मचारीमाथि हातपात गरिएको विरोधमा त्यहाँका कर्मचारीले काम ठप्प गरी विरोधमा उतरिएका हुन् ।
नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै सोमबार वडानम्बर ९ का मुकेशकुमार यादवले हातपात गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । घटनाको छानबिन गरी दोषीमाथि कारबाही नहुन्जेलसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् ।
कर्मचारीमाथी हातपात गर्ने यादवमाथि कडा कारबाहीको माग गर्दै कार्यालय भित्र काम गर्ने वातावरण तथा सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन् ।