Breaking 
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट | जेठ १५ गते हाइ एलर्टमा रह्न प्रहरी प्रशासनलाई आइजीपी थापाले दिए निर्देशन |

बंगलादेशमा भईरहेको हिन्दु समुदायमाथीको दमन बिरुद्ध प्रदर्शन





जनकपुरधाम ।

बंगलादेशमा हिन्दु समुदायमाथी भईरहेको दमन बिरुद्ध हिन्दुवादी संगठनहरुले जनकपुरधाममा प्रदर्शन गरेको छ । नेपाल अन्तर्राष्टिय कृष्णभावनामृत संघको अगुवाईमा बंगलादेशमा हिन्दु समुदायमाथी भईरहेको दमन बिरुद्ध प्रदर्शन गरिएको हो । जनकपुरधामको रेल्वे स्टेशनबाट निस्किएको प्रदर्शनसहितको रैली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा वी वान्ट जस्टिस, सेभ बंगलादेशी हिन्दु सहितको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले जनक चोकस्थित रहेको भगवान हनुमानको झण्डा फेरेर नयाँ झण्डा लगाएको छ । बंगलादेशमा शेख हसिनाको सत्ताबाट बहिर्गमन भएपनि त्यहाँ हिंसा रोकिएका छैनन् । त्यहाँका मन्दिरहरुमा तोडफोड गरिएको छ । हिन्दु मन्दिर तथा हिन्दु समुदायको रक्षाका लागि अगाडी आउन विश्व समुदाय समक्ष उनीहरुले अपिल गरेका छन् ।