Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशमा भईरहेको हिन्दु समुदायमाथीको दमन बिरुद्ध प्रदर्शन





जनकपुरधाम ।

बंगलादेशमा हिन्दु समुदायमाथी भईरहेको दमन बिरुद्ध हिन्दुवादी संगठनहरुले जनकपुरधाममा प्रदर्शन गरेको छ । नेपाल अन्तर्राष्टिय कृष्णभावनामृत संघको अगुवाईमा बंगलादेशमा हिन्दु समुदायमाथी भईरहेको दमन बिरुद्ध प्रदर्शन गरिएको हो । जनकपुरधामको रेल्वे स्टेशनबाट निस्किएको प्रदर्शनसहितको रैली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा वी वान्ट जस्टिस, सेभ बंगलादेशी हिन्दु सहितको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले जनक चोकस्थित रहेको भगवान हनुमानको झण्डा फेरेर नयाँ झण्डा लगाएको छ । बंगलादेशमा शेख हसिनाको सत्ताबाट बहिर्गमन भएपनि त्यहाँ हिंसा रोकिएका छैनन् । त्यहाँका मन्दिरहरुमा तोडफोड गरिएको छ । हिन्दु मन्दिर तथा हिन्दु समुदायको रक्षाका लागि अगाडी आउन विश्व समुदाय समक्ष उनीहरुले अपिल गरेका छन् ।