Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माइक काटिएपछि प्रतिनिधिसभामा हंगामा





काठमाडौं ।
सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेपछि विवाद सुरु भएको थियो ।
मंगलबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामा, रास्वपाकी सांसद सोबिता गौतम र जनता समाजवादी पार्टीका वीरेन्द्र महतोले बोलेपछि रास्वपाकै सांसद ढकालले बोल्ने समय पाएका थिए ।
उनले सडकको अवस्था हेर्दा प्राकृतिक प्रकोपका कारणले मात्रै नभई भ्रष्टाचारको प्रकोपले भत्किएको बताए । त्यसपछि उनले भ्रष्टाचारको विषय सधैं आकस्मिक हुने भन्दै यो विषय उठाउन आफूलाई नरोक्न सभामुखलाई आग्रह गरे । ‘भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक हुन्छ’ सांसद ढकालले भने ।
यसबीचमा सभामुख घिमिरेले सांसद ढकाललाई आकस्मिक समयमा सार्वजनिक यातायातको विषय उठाउन समय मागेको भन्दै विषयमा केन्द्रित हुन सुझाव दिए । ढकालले भने विद्युत महशुलको बक्यौताको विषय उठाउन खोजे । ‘नेपाल विद्युत प्राधिकरणमा म जान चाहेँ । मिटर जडान गरेर महशुल असुल गर्ने ठाउँमा ‘’ ढकालले वाक्य नटुंग्याउन नपाउँदै सभामुख घिमिरेले रोके । ‘माननीय सदस्य यहाँको विषय सकियो, बस्नुस् । किनभने यहाँले यातायातमा परेको अवरोधको बारेमा बोल्नलाई राख्नुभएको (समय लिने पूर्व जानकारी गराएको) थियो त्यो राखिसक्नुभयो । मैले बस्नका लागि अनुरोध गरेँ’, उनले भने ।
सांसद ढकालले भने आफूले आकस्मिक समयमा तीन मिनेट समय पाएको र त्यति समय नसकिँदै माइक काटिदिएको गुनासो गरे । त्यतिबेलासम्म विपक्षी बेञ्चमा रहेका रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो सिटबाट उठिसकेका थिए ।