Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

माइक काटिएपछि प्रतिनिधिसभामा हंगामा





काठमाडौं ।
सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेपछि विवाद सुरु भएको थियो ।
मंगलबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामा, रास्वपाकी सांसद सोबिता गौतम र जनता समाजवादी पार्टीका वीरेन्द्र महतोले बोलेपछि रास्वपाकै सांसद ढकालले बोल्ने समय पाएका थिए ।
उनले सडकको अवस्था हेर्दा प्राकृतिक प्रकोपका कारणले मात्रै नभई भ्रष्टाचारको प्रकोपले भत्किएको बताए । त्यसपछि उनले भ्रष्टाचारको विषय सधैं आकस्मिक हुने भन्दै यो विषय उठाउन आफूलाई नरोक्न सभामुखलाई आग्रह गरे । ‘भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक हुन्छ’ सांसद ढकालले भने ।
यसबीचमा सभामुख घिमिरेले सांसद ढकाललाई आकस्मिक समयमा सार्वजनिक यातायातको विषय उठाउन समय मागेको भन्दै विषयमा केन्द्रित हुन सुझाव दिए । ढकालले भने विद्युत महशुलको बक्यौताको विषय उठाउन खोजे । ‘नेपाल विद्युत प्राधिकरणमा म जान चाहेँ । मिटर जडान गरेर महशुल असुल गर्ने ठाउँमा ‘’ ढकालले वाक्य नटुंग्याउन नपाउँदै सभामुख घिमिरेले रोके । ‘माननीय सदस्य यहाँको विषय सकियो, बस्नुस् । किनभने यहाँले यातायातमा परेको अवरोधको बारेमा बोल्नलाई राख्नुभएको (समय लिने पूर्व जानकारी गराएको) थियो त्यो राखिसक्नुभयो । मैले बस्नका लागि अनुरोध गरेँ’, उनले भने ।
सांसद ढकालले भने आफूले आकस्मिक समयमा तीन मिनेट समय पाएको र त्यति समय नसकिँदै माइक काटिदिएको गुनासो गरे । त्यतिबेलासम्म विपक्षी बेञ्चमा रहेका रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो सिटबाट उठिसकेका थिए ।