Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकाले भन्यो– हसिनाको सत्ता खोसिनुमा हाम्रो कुनै हात छैन





एजेन्सी ।
अमेरिकाले बंगलादेशमा शेख हसिनाको सरकार ढाल्नुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ । अमेरिकाले यसलाई अफवाह भनेको छ ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेले यसमा आफ्नो देश (अमेरिका) को कुनै संलग्नता नभएको प्रतिक्रिया दिएकी हुन् । उनले भनिन्, ‘हालैका घटना (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात छैन, सबै अफवाह हो ।’ उनले थपिन्, ‘यो विकल्प बंगलादेशका नागरिक आफैँले रोजेका हुन् । बंगलादेशको भविष्य त्यहीँका जनताले निर्धारण गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । हामीले यसो भनेका छौँ र भनिरहनेछौँ– कुनै पनि आरोपमा सत्यता छैन।’
बंगलादेशका विद्यार्थीले स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा केही महिनादेखि प्रदर्शन गरिरहेका थिए । जुन यति चर्कियो कि प्रधानमन्त्री शेख हसिना यही अगस्ट ५ मा देशै छाडेर भाग्न बाध्य भइन् । अहिले उनी भारतमा छिन् ।
हसिनाले देश छाडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ ।