Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आन्दोलनका कारण मुख्यमन्त्री सिंह मधेश सरकारवाट राज्यमन्त्री हटाउन बाध्यः जसपा नेता ज्ञानेन्द्र यादव





सुजीतकुमार झा
जनकपुरधाम ।
सतिश सिंह नेतृत्वको सरकारले मधेश सरकारबाट ८ जना राज्यमन्त्रीलाई हटाएलगत्तै जसपा नेताहरुको प्रतिक्रिया आउन थालेको छ । मधेश सरकारका पूर्व मन्त्री एवं जसपाका प्रभावशाली नेता ज्ञानेन्द्र यादवले भने हाम्रो आन्दोलनका कारण मुख्यमन्त्री सतिश सिंहले मधेश सरकारवाट राज्यमन्त्री हटाउन बाध्य भएको छ । ‘यदि चाडै राज्यमन्त्री नहटाएको भए यो सरकार विरुद्ध जसपाका युवा विद्यार्थीहरुको आन्दोलन अझै कडा रुपमा आउँथ्यो,’ उनले बताए ।
मोडेल खबरसँग कुरा गर्दै पूर्व मन्त्री यादवले संघीयतालाई बदनाम गराउनका लागि केही ठूला दलहरुले मधेश केन्द्रित दलहरुलाई आरोप लगाएको बखत जम्बो मन्त्रीमण्डल उपयुक्त थिएन तर उहाँले आन्दोलनको आवाजलाई कदर गर्दै मन्त्रीमण्डलबाट राज्यमन्त्रीबाट हटाउने गरेको निर्णय सकारात्मक रहेको बताए ।
जसपा नेपालको सरकारमा पनि अहिलेको भन्दा कम भएपनि कतिपटक जम्बो मन्त्रीमण्डल बनेको जिज्ञासा राख्दा उनले हाम्रो बेलामा प्रदेशको नामाकरण र राजधानीको निर्णय जस्ता गम्भीर विषयमा निर्णय गर्नुपर्ने भएकोले सबैलाइ मिलाएर जानुपर्ने बाध्यता रहेको बताए । र आफू स्वयं मन्त्री पद परित्याग गरेको उदाहरण दिए ।
वर्तमान सरकारले संघीयताको संरक्षण र प्रदेशको विकासलाई प्राथमिकतामा नराखी सरकारमा सहभागि दलहरुका तुष्टिकरणका लागि मात्र अग्रसर रहेको र हालसम्म कुनै कार्य गर्न नसकेको बताउँदै उनले प्रदेशको आवश्यकता अनुसार कृषि, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र सुशासनमा सरकारले ध्यान दिनु पर्ने सुझाब दिए ।
तर प्रहरी समायोजन सम्बन्धि निर्णय तत्काल नभएमा हामी पुनः कडा आन्दोलनमा जाने जानकारी दिदै पूर्व मन्त्री यादवले प्रदेश र संघीय सरकारलाई चेतावनी समेत दिए । राम्रो काममा हाम्रो सहयोग र जनविरोधी कार्यमा असहयोग रहने कुरा पूर्व मन्त्री यादवले प्रष्ट पारे ।