Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस सरकारबाट हटाइयो ८ राज्यमन्त्री





सुजीत/जयन्त

जनकपुरधाम ।
मधेस प्रदेश सरकारले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । जम्बो मन्त्रीपरिषद गठन गरेको भन्दै चौतर्फी आलोचना भईरहेको समयमा मुख्यमन्त्री सतिशकुमार सिहंले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । केही दिन अगाडी मात्रै मुख्यमन्त्री सिंहलाई उनको पार्टी जनमतले बिना जानकारी राज्यमन्त्री थपेको भन्दै स्पष्टीकरण सोधेको थियो । चौतर्फी आलोचना र पार्टीको दवाबका बिच मुख्यमन्त्री सिंहले हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइ सकिएको श्रोतले जनाएको छ ।
मोडेलखबरसंग कुरा गर्दै मधेस सरकारका मुख्यसचिव लोकनाथ पौडेलले समेत राज्यमन्त्रीहरुलाई हटाइएको पुष्टी गरेका छन् । उनले भने‘ मन्त्रीपरिषद पुनर्गठन गरिएको पत्र म समक्ष आएको छ, जसमा १२ जनाको नाम मात्रै उल्लेख छ ।’
प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।