Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

५७ प्रतिशत सरकारी विद्यालयमा १०० भन्दा कम विद्यार्थी





जनकपुरधाम ।
देशका आधाभन्दा बढी सामुदायिक विद्यालयमा १०० जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ ।
एक आर्थिक सर्वेक्षण अनुसार कुल २७ हजार ९९० सामुदायिक विद्यालयमध्ये १५ हजार ९६५ वटामा १०० भन्दा कम विद्यार्थी रहेको उल्लेख छ । यो संख्या कुल विद्यालयको ५७ प्रतिशत हो ।
त्यस्तै १०० देखि ५०० जनासम्म विद्यार्थी रहेको विद्यालयको संख्या ९ हजार ७०४ र ५००० देखि एक हजार जनासम्म विद्यार्थी रहेको विद्यालय संख्या १,६३६ रहेको छ । आर्थिक सर्वेक्षणका अनुसार एक हजारदेखि १५०० सम्म विद्यार्थी रहेको विद्यालय संख्या ४४९, १५०० देखि २००० विद्यार्थी भएका १३६ विद्यालय छन् । १०० वटा विद्यालयमा भने २००० भन्दा बढी विद्यार्थी छन् ।
सबैभन्दा धेरै विद्यार्थी रहेको सरकारी विद्यालय रुपन्देही, बुटवलको कालिका मानवज्ञान मावि ८ हजार ५३ जनासम्म विद्यार्थी रहेका छन् । त्यस्तै धनुषाको विदेह नगरपालिकाको जमुना नमुना माविमा ५ हजार ७८९, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शान्ति नमुना माविमा ५ हजार २८३, रुपन्देही बुटवलकै कान्ति माविमा ५ हजार १७३ विद्यार्थी रहेका छन् ।
रुपन्देही, बुटवलकै नवीन औद्योगिक कदरबहादुर रीता माविमा ४ हजार ६५८, काठमाडौंको ज्ञानोदय माविमा ४ हजार ६१३, काठमाडौंकै विश्व निकेतन माविमा ४ हजार ४३५ र पर्सा वीरगञ्जको त्रिजुद्ध महावीर रघुवीर राम माविमा ४ हजार ३६ विद्यार्थी रहेका छन् ।
आर्थिक सर्वेक्षणका अनुसार सबै प्रकारका विद्यालयमा गरी देशभर २ लाख ८६ हजार ८८ शिक्षक कार्यरत छन् । जसको ४२.२ प्रतिशत महिला र ५७.८ प्रतिशत पुरुष रहेका छन् । आधारभूत तह (कक्षा १ देखि ८ सम्म) ५१ प्रतिशत पुरुष शिक्षक र ४९ प्रतिशत महिला शिक्षक रहेका छन् । माध्यमिक तहमा भने पुरुष शिक्षक ८२ प्रतिशत र महिला शिक्षक १८ प्रतिशत रहेका छन् ।
शैक्षिक सत्र २०८० मा ६९.९ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा र ३०.१ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गर्छन् । विद्यालयको संख्यामध्ये ७८ प्रतिशत सामुदायिक र बाँकी निजी रहेका छन् ।