Breaking 
| दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

मस्कले एक्समा लिए ट्रम्पसँग अन्तर्वार्ता





एजेन्सी ।
अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट आगामी निर्वाचनको उम्मेदवार डोनाल्ड ट्रम्प सोसल मिडिया प्लेटफर्म एक्समा फर्किएका छन् । यसैबिच उनले एक्स प्लेटफर्मका मालिक एलोन मस्कलाई प्रत्यक्ष अन्तर्वार्ता दिएका छन् ।
यो अन्तर्वार्ता निर्धारित समय भन्दा अलि ढिलो सुरु भएको बीबीसीले जनाएको छ । मस्कले यसका लागि साइबर हमलालाई जिम्मेवार ठह¥याएका छन् ।
उनले यसलाई अनौपचारिक अन्तर्वार्ताको रूपमा वर्णन गरे, जसले खुला दिमागका स्वतन्त्र मतदाताहरूलाई मद्दत गर्ने मस्कको भनाइ छ । एलेनले ट्रम्पको हत्या प्रयासको घटनाबाट कुराकानी सुरु गरे ।
आफ्नो अनुभवको बारेमा विस्तृत कुरा गर्नु अघि ट्रम्प हाँस्न थाले। उनले भने ’यो कुनै पनि सुखद छैन’। अन्तर्वाताका क्रममा ट्रम्पले मस्कलाई सबै रेकर्ड तोडेकोमा धन्यवाद दिए । जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई एक्स प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो ।
एक्स र फेसबुक जस्ता धेरै सोशल मिडिया प्लेटफर्महरू प्रतिबन्धित भएपछि, ट्रम्पले आफ्नै सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशल सुरु गरेका थिए। एक्समा ट्रम्पका ७.५ मिलियन फलोअर्स छन् ।