जयन्त ठाकुर ।
नेपालमा माओवादीको सशस्त्र संघर्ष समाप्त नै भएको थियो । माओवादी मूलधारको राजनीतिमा प्रवेश गरि सकेको अवस्थामा संघियताको सुगवुगाहट शुरु भई सकेको थियो । तर अन्तरिम संविधानमा संघियता शब्द छुटेपछि तत्कालिन मधेशी जनअधिकार फोरमको अगुवाईमा अधिकारका लागि आन्दोलनको तानाबाना बनिरहेको थियो । अधिकारको लडाईका लागि देशको विभिन्न कुनाबाट संघर्षको आवाज उठिरहेको अवस्थामा राष्ट्र टुट्नु हुँदैन भन्ने भावनाले ओतप्रोत नेपाली नागरिकहरु राष्ट्र जोड्ने अभिभारा समेत संघर्षका बिच बोकेका थिए । राष्ट्रलाई एक मालामा जोड्ने उद्देश्यले ‘जय नेपाल’ बोलको मैथिली गीतको श्रृजना गरिएको गीतकार डा. राजेन्द्र प्रसाद विमल बताउँछन् ।
उनका अनुसार देशमा अनेकौ समस्याहरु छन् । यो हरेक राष्ट्रका लागि सामान्य कुरो हो । त्यसकै फलस्वरुप जनस्तरबाट अधिकारका लागि संघर्षका आवाजहरु उठ्ने गर्छन् । यसलाई मात्रै गलत अर्थमा होइन कि साकारात्मक रुपमै लिनु पर्ने गीतकार विमलको भनाई छ । जसरी होमियौ पैथको औषधीलाई एउटै बोतलमा हल्लाउँदा औषधीहरुको घर्षणले त्यसको पोटेन्सियलमा बृद्धि हुन्छ, विमलले भने ‘ठीक त्यसरी नै हामीहरुको देशपनि संघर्षहरुबाट गुज्रदै आईरहेको छ ।’ अगाडी भने ‘तर जब ती संघर्षहरु घृणा, हिंसा वा नागरिक आन्दोलनको रुप लिन्छ त्यसले राष्ट्रलाई हित गर्दैन ।’
यही पृष्ठभूमिमा रहेर जनकपुरधामका अगुवाहरुका साथै साहित्यकारहरु बिच अधिकारका लागि लडाई त चलि नै रहेको छ तर राष्ट्र टुट्नु हुन्न भन्ने सन्देश हामीले नै दिनु पर्छ भन्ने बहस जनकपुरधामका अगुवाहरु बिच चलिरहेको थियो । यही सिलसिलामा कयौँ गीतहरु लेखिए विमल बताउँछन् ‘सोही क्रममा हामीले यस्तै सन्देश बोकेको विभिन्न गीतहरुको संग्रह राखेर खोता सिंगार नामक मैथिली गिती एल्वम निकालेका थियौँ ।’ यस्तै पृष्ठभूमिमा ‘जय नेपाल’ गीतको पनि श्रृजना भयो ।
यता देशले संघियता पाउने, प्रदेशहरुको निर्माण हुने र देशले नयाँ राष्ट्रगान पाउने चर्चा चलिरहेको थियो । सोही क्रममा राष्ट्र प्रेमको भावनाले ओतप्रोत एक गीत लेख्नका लागि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष बृषेशचन्द्र लालले मलाई आग्रह गरे, विमलले भने ‘तर म गीत लेखनका लागि तयार थिइन ।’ यता साहित्यकार अशोक दत्त मेरो घरमै आएर गीत लेख्नु हुन्न भने म यहाँ बाट जान्न भनेर अनशन जस्तै बसी हाले, उनले भने ‘त्यसपछि मैले मलाई १० देखि १५ मिनेटमा जे भाव आयो त्यो सबै जय नेपाल गीतमा शब्द रुपमा आकार दिएँ अनि तयार भयो यो गीत ।’
विमलका अनुसार साहित्यकार दत्तले गीत लेख्नका लागि हठ कसेपछि उनको मस्तिष्कमा अनेकौ राष्ट्रगानहरु गुञ्जिन थाल्यो । त्यस मध्येकै एक थियो भारतका साहित्यकार जयशंकर प्रसादको यो कविता ।
हिमाद्रि तुंग शृंग से
प्रबुद्ध शुद्ध भारती–
स्वयं प्रभा समुज्ज्वला
स्वतंत्रता पुकारती–
‘अमर्त्य वीर पुत्र हो,
दृढ़– प्रतिज्ञ सोच लो,
प्रशस्त पुण्य पंथ है,
बढ़े चलो, बढ़े चलो !’
असंख्य कीर्ति–रश्मियाँ
विकीर्ण दिव्यदाह–सी,
सपूत मातृभूमि के
रुको न शूर साहसी !
अराति सैन्य–सिंधु में,
सुवाड़वाग्नि से जलो,
प्रवीर हो, जयी बनो
बढ़े चलो, बढ़े चलो !
उनले यही कविताको धूनलाई टेकेर जय नेपाल गीतमा शब्दरुपी आकार दिए । १० मिनेटमै लेखिएको यो गीतका शब्दहरुले सुन्नेहरुको शरिरको रौँ खडा गरिदिन्छ कसरी सम्भव यति छिटो उत्कृष्ट दर्जाको गीत लेख्न ? यो प्रश्नमा विमल भन्छन् ‘किनभने म राष्ट्र भावनाप्रति सदैव ईमान्दार थिएँ, राष्ट्रको सवालमा म सहजै भावाविष्ट भई हाल्छु, यो मेरो संस्कार मै छ त्यसै यो सम्भव भएको होला ।’
कसरी तयार गरियो धून
यो गीतको शब्दमा जति शक्ति छ त्यस्तै शक्ति यो गीतको संगीत र गायकीमा समेत छ । यो गीतलाई संगीतवद्ध गर्ने जिम्मा मैथिलीका प्रसिद्ध संगीतकार एवं गायक सुनिल मल्लिक र बलिउडमा स्थापित भई सकेका जनकपुरधामकै संंगीतकार प्रवेश मल्लिकले पाए ।
संगीतकार सुनिल मल्लिकका अनुसार यो गीतका लागि १ सयभन्दा बढी ट्रैकहरु निर्माण गरिएको थियो । ती १ सयभन्दा बढी ट्रैकहरुमध्ये एउटा ट्रैक यो गीतका लागि छनौट गरियो । एउटै गीतमा तराई, पहाड र हिमाल सबै क्षेत्रको भाव समेट्नु पर्ने थियो यो हाम्रो लागि एकदमै चुनौतीपूर्ण थियो मल्लिक बताउँछन् ।
अर्का संगीतकार प्रवेशले यो गीतमा तराईको लोक धूनका साथै आधुनिक धून, पहाडका लागि झ्याउरे, तमांग शैलो हिमालको प्रतिनिधित्व गर्ने शेर्पा धूनको प्रयोग गरिएको छ । यो गीतका लागि एक सप्ताह भित्र धून तयार पारिएको उनले बताए ।
अब जब यो गुन्जिन्छ र त्यसमा मैथिलीभाषीहरु मात्रै नभई नेपाली भाषीहरु समेत झुमिन्छन् त्यसपछि मनमा गर्वको अनुभूति हुन्छ संगीतकार सुनिलले बताए । यो गीत एक प्रकारले मैथिलीभाषीहरुका लागि राष्ट्रगान नै रहेको उनी बताउँछन् ।
यो गीतमा सुनिल मल्लिक, ललित कामत, सुधीर रिखारी, मोहम्मद फइम, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, संगिता देव, चन्द्रेश लगायतका गायक गायिकाहरुले आवाज दिएका छन् ।
गीतको भाव
जकर माथ सर्वोच्च शिखर बनि विश्वमे गर्वोन्नत अछि ठाड़
जकर विशाल हृदय पर्वत बनि झर्र झर्र बहबए प्रेम प्रकाश ।
चरणदीप छै भूमि मधेशक शस्य गन्ध लए बहए बयार
हम ओहि राष्ट्र देवके सन्तति कोटि नमन हे माँ नेपाल ।।
जय नेपाल जय नेपाल जय नेपाल …………
यो गीतको पहिलो अन्तराले जसको शिर सर्वोच्च शिखर जसरी गर्वको अनुभूति गराउने गरी खडा छ, जसको पर्वत रुपी विशाल हृदयले प्रेमको प्रकाश चारै तर्फ सिंचित गरिरहेको छ त्यो भूमिको चरणदीप रुपी मधेशको भूमिले धान(अन्न)को सुगन्ध सहित बहाउँदै छ बयार अर्थात हावा । म त्यो राष्ट्रको सन्तति करोडौँ पटक नमन गर्छु माँ नेपाललाई ।
मुल्ला पढए नमाज पादरी बाइबल, पण्डित बाजथि गीता
धरा गर्भमे एखनो होइती अनगिन देवी सीता ।
जावत जियत नेपाली जगमे बुद्ध अमर बनि जुग जुग जीता
डूबल छल अज्ञान तिमिरमे विश्व विराट विशाल ।।
हमही वेद रिचा पढेलियै कएलियै ज्योतीक
जय नेपाल जय नेपाल जय नेपाल ……
अर्को पंक्तिमा नेपालको विविधताका बिच भाइचारको सन्देश बोकेको छ । यो पंक्तिमा भनिएको छ जहाँ मौलवी नमाज पढ्छन्, पादरी बाइबल र पण्डितले गीता त्यहाँ अहिले पनि यो भूमिबाट अनगिनित देवी सीता भई दिएको भए कति राम्रो हुन्थ्यो । जबसम्म र जहाँसम्म नोपालीहरु हुन्छन् बुद्ध युगौँसम्म अमर रहन्छन् । पूरै संसार अज्ञानरुपी अँध्यारोमा रहेको बखत यही भूमिबाट अंकुरित भएको थियो ज्ञानको ज्योती । यही भूमिले पढाएको थियो वेद र ऋिचा ।
मेचीसँ कालीधरि पसरल एक नेपाली बाँटि सकत के ?
हमर भूगोल अखण्ड सदाअछि ककरा ताकत काटि सकत के ?
चन्द्र सूर्य अंकित अछि उरमे दोसर पताका साटि सकत के ?
नोरमे हम सोनित बहबैत छी शत्रुक लेल छी काल
मुदा शान्ति आ देवदूत छी बुद्धक हम छी राग
जय नेपाल जय नेपाल जय नेपाल ………
गीतको अन्तिम पंक्तिमा नेपालको अखण्डता र नेपालीहरुको वीरतालाई प्रदर्शन गर्छ । यो पंक्तिमा भनिएको छ मेचीदेखि कालीसम्म फैलिएका नेपालीहरुलाई बाँट्ने हिम्मत कुनै शक्तिमा छैन । यो भूगोल अखण्ड थियो र छ यसलाई काट्ने ताकत कसैमा छैन । जुन राष्ट्रको झण्डामै सूर्य र चन्द्र अंकित छन् त्यो झण्डामा अर्को पताका टाँस्ने साहस कसैमा छैन । आँशुमा रगत बगाएपनि हामी शत्रुका लागि छौँ काल तर हामी नै शान्तिको दूत वुद्धको राग छौँ हामी ।