Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

प्रज्ञा प्रतिष्ठानका अध्यक्षको जवाफ संतोषजनक छैन, पदबाट बर्खास्त गर्नेसम्मको कारबाही हुन सक्छ





मैथिली भाषाका प्रसिद्ध गायक एवं संगीतकार गुरुदेव कामतको निधनले नेपाली कला जगतलाई अपुरनिय क्षति पुर्यायो । कामतले नेपाली तथा मैथिली भाषामा दर्जनौ गीत गाउनुका साथै सयो गीतमा संगीत दिएका छन् । उनको निधनले कला जगतलाई अपुरनिय क्षति त पुर्यायो त्यसमाथी कामतको पारिश्रमिक मधेस प्रज्ञा प्रतिष्ठानले नदिएको गुनासो सुनेपछि कलाप्रेमी स्तब्ध भए । मधेस प्रज्ञा प्रतिष्ठान र मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडि़ बिरुद्ध कलाप्रेमीका पोस्टहरु सामाजिक सञ्जालमा ओइरो नै लाग्यो । अन्ततः मधेसको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रतिष्ठानका अध्यक्ष कापडि़लाई एक पत्र लेख्दै स्पष्टीकरण नै सोध्यो । कापडि़ले स्पष्टीकरणमा के जवाफ दिए, संगीतकार कामतलाई दिने भनिएको पारिश्रमिक कहिले उपलब्ध गराइने लगायतका विषयमा मोडेलखबरका लागि समाचर संयोजक जयन्त ठाकुरले मधेसको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीसंग कुराकानी गरेका छन् । मन्त्री शर्मासंग गरिएको कुराकानीको अंश ।
 

केही दिन अगाडी संगीतकार गुरुदेव कामतको पारिश्रमिक उपलब्ध नगराइएको विषयलाई लिएर यहाँको मन्त्रालयले मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडि़लाई स्पष्टीकरण सोधिएको थियो, के जवाफ आयो उहाँको तर्फबाट ?
हामीले मधेस प्रज्ञा प्रतिष्ठान र प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडि़लाई स्पष्टीकरण सोधेका थियौँ । उहाँको जवाफ पनि हामीले पाइ सकेका छौँ तर संतोषजनक जवाफ आएको छैन । उनले पठाएको जवाफ संतोषजनक छैन अब हामीले मधेस प्रज्ञा प्रतिष्ठानका सचिवलाई समेत स्पष्टीकरण मागेका छौँ त्यहाँबाट पनि संतोषजनक जवाफ नआए कारबाही प्रकृया अगाडी बढाइने छ ।
उहाँले जवाफमा के भन्नु भएको छ ?
केही दिन अगाडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कापडि़ले प्रेस विज्ञप्ति निकालेका थिए त्यो विज्ञप्ति र उहाँको जवाफ पनि बाझिएकाले जवाफबाट संतुष्ट हुने अवस्था रहेन । उहाँले जवाफमा बजेट माग गरिएको कुरा उल्लेख गर्नु भएको छ जबकि प्रतिष्ठानसंग आफै बजेट थियो त्यो शिर्षकमा । उहाँले त्यो बजेटबाट पारिश्रमिक किन उपलब्ध गराउनु भएन ? यदि बजेट स्वीकृत थिएन भने उहाँलाई त्यो कार्यक्रम गराउने अधिकार कसले दियो ? उहाँले अर्थ मन्त्रालय र समबन्धित मन्त्रालयलाई दोषी देखाउनु भएको छ । यदि ती मन्त्रालयहरुले स्वीकृति दिएको थिएन भने कार्यक्रम नै नगराउनुपर्ने थियो । यो सब देख्दा प्रतिष्ठानका अध्यक्ष दोषी देखिनु भएको छ र उहाँको जवाफ पनि संतोषजनक छैन । त्यसैले हामीले मुख्यमन्त्री कार्यालयलाई सिफारिश गरेर प्रतिष्ठानका सचिवलाई पनि स्पष्टीकरण मागेका छौँ त्यहाँबाट पनि दोेषी देखिए कारबाही गर्नेछौँ ।
कस्तो कारबाही हुनेछ ?
यदि अबको स्पष्टीकरणमा पनि उहाँ दोषी देखिनु भयो भने उहाँलाई पक्कै कारबाही गरिने छ त्यसमा निर्धक्क भए हुन्छ । उहाँलाई पदबाट बर्खास्त गर्नेसम्मको कारबाही हुन सक्छ ।
संगीतकार कामतले पाउनुपर्ने पारिश्रमिक अझै उपलब्ध गराइएको छैन, त्यो पारिश्रमिक उहाँको परिवारलाई उपलब्ध गराउने प्रकृया अगाडी बढाउनु भएको छ कि छैन ?
यदि उहाँले काम गर्नु भएको छ भने पारिश्रमिक उपलब्ध गराउने दिशामा पनि हामी लागि परेका छौँ । तर पारिश्रमिक यहाँ ठूलो विषय होइन मृत्युभन्दा ठूलो अन्याय के हुन सक्छ । उहाँले न्याय पाउनु पर्छ त्यसलाई हामीले विशेष महत्व दिएका छौँ । आउने दिनमा कुनै कलाकारका साथ अब यस्तो नहोस त्यस तर्फ पनि हामी सचेत भएका छौँ । संगीतकार गुरुदेव कामत राज्यको धरोहर हुनु हुन्थ्यो उहाँले पाउनुपर्ने सम्मान प्रदेश सरकारबाट पाउनु हुन्छ त्यसमा विश्वस्त हुनुस ।
मधेसको कला क्षेत्र पछिल्लो समय धाराशायी हुँदै गईरहेको छ त्यसको उत्थानका लागि केही योजना बनाउनु भएको छ यहाँहरुले ?
हामी मधेस तथा मिथिलाको कला क्षेत्रको उत्थानका लागि योजना बनाई रहेका छौँ । मधेसको भाषा, साहित्य, संस्कृति, कलाको उत्थानका लागि छिट्टी नयाँ योजनाका साथ मधेस सरकार अगाडी बढ्नेमा यहाँहरु विश्वस्त भएर बस्नुस ।