Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा निकट युवा तथा विद्यार्थीको मधेस सरकारबिरुद्ध सिट्टी जुलुश





जनकपुरधाम ।
मधेस सरकारले जम्बो मन्त्रीपरिषद गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले बिरोधमा मधेस सरकार बिरुद्ध सिट्टी जुलुश निकालेको छ । जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेस सरकारको जम्बो मन्त्रीपरिषद बनाइएको भन्दै जनकपुरधाम नगरभित्र सिट्टी जुलुश निकालेर बिरोध प्रदर्शन गरेको हो । जनकपुरधामको जनकचौकबाट सुरु भएको विरोध रयाली मधेश भवन तर्फ अगाडि बढदा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजेपनि युवा विद्यार्थीहरु प्रहरीको घेरा निष्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।
केपि ओलीका मतियार मुख्यमन्त्री, संघियता मास्न पाइदैन सहितका नारा र प्लेकार्ड सहित युवा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए ।
आफूहरुले कुर्सी जुलुश निकालेर मधेस सरकारलाई जम्बो मन्त्रीपरिषदलाई सानो आकारको बनाउनका लागि खबरदारी गरेपनि आफूहरुको माग नसुनेकाले सिट्टी जुलुश निकालेको समाजवादी युवासंघ धनुषाका अध्यक्ष दिपेन्द्र कापरले बताए । मधेस सरकारका मुख्यमन्त्री निकम्मा रहेको भन्ने कुरा उनकै पार्टीले समेत भनि सकेको अवस्थामा उनलाई मुख्यमन्त्री पदमा बसि रह्ने अधिकार समेत रहेको भन्दै उनले राजिनामा समेत माग गरे । यो सरकार बहिरो भईसकेकाले सिट्टी बजाएर आफूहरुको माग मधेस सरकारलाई सुनाउन सिट्टी जुलुश निकालेको उनले बताए ।