

जनकपुरधाम ।
जनकपुरधाममा एक कार्यक्रमका बिच मोडेलखबर अनलाइन पोर्टल तथा मोडेलखबर पडकास्टको शुभारम्भ गरिएको छ ।
मोडेलखबरको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रामसरोज यादव, रामअशिष यादव, मोडेलखबरका अध्यक्ष वीरेन्द्र साह, मोडेलखबरका सल्लाहकार प्राध्यापक डा. सुरेन्द्र लाभ, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, आमसंचार प्राधिकरण मधेसका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिल मधेसका कार्यवाहक कैलाश दास, नेपाल पत्रकार महासंघ मधेसका अध्यक्ष राजेशकुमार कर्ण, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, नेपाली कांग्रेसका नेता मनोज चौधरी लगायतले संयुक्त रुपमा मोडेलखबर पडकास्टको कार्यालयको उदघाटन गरेका हुन् । त्यस्तै मोडेलखबर अनलाइन पोर्टलको मोडेलखबरका अध्यक्ष वीरेन्द्र साहले वेभसाइट खोलेर उदघाटन गरे ।

उदघाटन लगत्तै मोडेलखबरका अध्यक्ष वीरेन्द्र साहले आफूहरु स्वतन्त्र पत्रकारिताको परिकल्पनाका साथ अगाडी बढेको र यो परिकल्पनामा दाग कहिल्यै लाग्न नदिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादवले कुनै पनि मिडियाको असली समिक्षक पाठक रहेकाले मोडेलखबरको समिक्षा आफूहरुले नैगर्ने बताए । समिक्षाको जिम्मा पाठकहरुको हातमा रहेकाले पित्त पत्रकारिता तर्फ यो मिडिया नजानेमा आफू विश्वस्त रहेको बताए । यद्यपि त्यस्ता बिकृतिमाथी कडा प्रहार गर्नुपर्नेमा जोेड दिए । यसका साथै विकृति बिरुद्ध जनमत तयार पार्ने काम समेत यो मिडियाले गरोस शुभेच्छा समेत व्यक्त गरे ।

अर्का प्रदेशसभा सदस्य रामअशिष यादवले मिडिया सबैका लागि बराबर हुनुपर्नेमा जोड दिए । यदि मिडिया बराबर हुन सकेन भने त्यस्ता मिडियामाथी प्रश्नचिन्ह खडा हुने तर्फ सचेत हुन प्रदेशसभा सदस्य यादवले आग्रह गरे । मोडेलखबरले ओझेलमा परेका विषयवस्तु उत्थान गर्नुकासाथै समाजमा रहेका साकारात्मक विषयवस्तुलाई ग्राह्यताका साथ स्थान दिने विश्वास व्यक्त गरे ।

मोडेलखबरका सल्लाहकार प्राध्यापक डा. सुरेन्द्र लाभले समाजमा नकारात्मकताले व्यापकता पाई रहेको समयमा आफूहरु पोजिटिभ भाइवका साथ अगाडी बढ्ने वचनवद्धता व्यक्त गरे । उनले हजारौ नकारात्मक विषयवस्तुका बिच एक साकारात्क विषय छ भने त्यो साकारात्मक विषयलाई आफूहरुले ग्राह्यताका साथ पाठकहरु मझ पस्कने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महोत्तरीको मटिहानी नगरपालिकाका अध्यक्ष हरि मण्डलले नेपाली पत्रकारिता नेपालको हरेक परिवर्तनकारी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको स्मरण गर्दै मोडेलखबर समेत साकारात्मक परिवर्तनको संवाहक बन्नेमा आफू विश्वस्त रहेको बताए । उनले मोडेलखबरलाई शिक्षा, स्वास्थ्य, युवा, समाजका चौतर्फी विकासलाई प्राथमिकताका साथ उत्थान गर्न आग्रह गरे ।

आमसंचार प्राधिकरण मधेसका अध्यक्ष श्यामसुन्दर यादवले मोडेलखबर जनकपुरधाममा मात्र नभई देशै भरीमा नमूना संचारमाध्यमको रुपमा साबित हुने विश्वास व्यक्त गरे । उनले अनलाइन संचारमाध्यमको सबलीकरणका लागि आफूहरु तयार रहेको जानकारी दिए । यसका साथै अनलाइन मिडियाहरुलाई समेत वर्गिकरण गरी लोक कल्याणकारी विज्ञापन वितरण गर्ने प्रकृया यसै वर्षबाट अगाडी बढाइने जानकारी दिए ।

जनकपुर उद्योग वाणिज्यसंघका अध्यक्ष जितेन्द्र महासेठले मिडियामा दलिय आवरणको गन्ध नआओस त्यता तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । स्सवतन्त्र पत्रकारिताको परिकल्पनाका साथ ल्याइएको मोडेलखबरले सफलता पाओस शुभकामना व्यक्त गरे ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष परमेश्वर साह, सचिव फुलदेव पण्डित, राष्ट्रिय मुक्ति क्रान्तिका नेता संजय चौधरी, राम युवा कमिटीका निवर्तमान अध्यक्ष प्रमेश्वर साह, पूर्व अध्यक्ष शम्भुप्रसाद शाह प्रेमी, मुलुकटाइम्सका सम्पादक संजीव सिंह, रारावका प्रध्यापक पुनमकुमारी लाल कर्ण, राजर्षि जनक विश्वविद्यालयका सह–प्रध्यापक अनिलकुमार साह लगायतको उपस्थिति रहेको थियो ।


फोटो – अलाउद्दिन साफी/मुकेश पंजियार
