Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

पेरिस ओलम्पिक सम्पन्न





एजेन्सी ।
ओलम्पिकको ३३ औँ संस्करण पेरिस २०२४ समापन भएको छ । समापन समारोहमा खेलकुद, चलचित्र र सङ्गीत क्षेत्रका स्टारहरू एकसाथ देखिए ।
मोटरसाइकलमा प्रस्थान गर्नु अघि अभिनेता टम क्रुज अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरिने ओलम्पिक झन्डा सङ्कलन गर्न स्टा डे फ्रान्सको छतबाट ओर्लिए, जहाँ सन् २०२८ मा अर्को संस्करण आयोजना हुनेछ ।
रेड हट चिली पेपर, बिली आइलिस, स्नुप डग र डा ड्रे लगायतले कार्यक्रममा प्रस्तुति दिए । आफ्नो समापन भाषणमा, अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) अध्यक्ष थोमस बाचले यसपटकको ओलम्पिक ‘सनसनीपूर्ण’ रहेको बताए । २६ जुलाई मा सिने नदीको किनारमा उद्घाटन समारोहबाट सुरु भएको खेलहरूमा सहयोग गर्ने ४५ हजार स्वयंसेवकहरूको लागि पनि विशेष प्रशंसा गरिएको थियो ।


अमेरिकाले अन्तिम पदक तालिकाको शीर्ष स्थान कब्जा जमायो । अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य पदकसहित कूल १ सय २६ पदक जित्यो । उता, चीनले पनि समान ४० स्वर्ण पदक जिते पनि उसको कूल पदक ९१ मा सीमित रह्यो । चीनले २७ रजत र २४ कांस्य हात पा¥यो ।
तेस्रो स्थानमा रहेको जापानले कूल ४५ वटा पदक जित्यो । यसमा २० स्वर्ण, १२ रजत र १३ कांस्य पदक समावेश छन् । यस्तै, १८ स्वर्ण पदकसहित अस्ट्रेलिया चौथो स्थानमा रह्यो । टोलीले १९ रजत र १६ कांस्य पदकसहित कूल ५३ वटा पदक जित्यो । आयोजक फ्रान्सले पाँचौँ स्थान कब्जा गर्न सफल भयो । फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित कूल ६४ वटा पदक हात पा¥यो ।
अब सन् २०२४ को प्यारालम्पिक फ्रान्सको राजधानीमा २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म हुनेछ ।