Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

३९ वर्षको उमेरमै १०० बच्चाको पिता





एजेन्सी ।
‘हामी दुई र हाम्रा दुई’भन्ने परिवार योजनाको यो नारा हामी सबैले सुनेकै हौंला र कतिपयले अपनाउनु पनि भएको छ होला । तर, रुसमा एकजना व्यक्तिले यो नाराको अर्थ र शब्द दुवै बदलिदिएका छन् । उनको सिद्धान्त छ– म एउटा, मेरा सयवटा ।
रुसका यी अर्बपति युवक प्यावेल डुरोभ ३९ वर्षका भए । अहिलेसम्म उनले बिहे पनि गरेका छैनन् । तर उनी १०० वटा बच्चाको बाउ बनिसकेका छन् ।
रिपोर्ट अनुसार साढे १३ अर्ब डलरभन्दा धेरै सम्पत्ति भएका डुरोभ रुसी सोसल मिडिया प्लाटफर्म भिकेका संस्थापक हुन् र मेसेजिङ एप टेलिग्रामका निर्माता पनि हुन् ।
उनले एक टेलिग्राम पोष्टमा आफू बिहे नै नगरिकन कसरी यतिधेरै बच्चाको पिता बन्न सके भन्ने कुरा बताएका छन् ।
आफ्नो पोष्टमा उनले आफू १०० जना बच्चाको जैविक पिता भएको खुलासा गरेका हुन् ।
यतिधेरै बच्चाको जैविक पिता बनिसक्दा पनि उनलाई बिहे गरेर घर बसाउने रहर छैन । उनलाई एक्लै बस्न मन पर्दछ ।
वास्तवमा डुरोभ एकजना शुक्रकिट दाता हुन् । उनले अहिलेसम्म १२ देशमा करिब १०० जोडीलाई सन्तानलाभमा सहयोग गरिसकेका छन् । उनले १५ वर्षअघि आफ्नो एकजना साथीको अनुरोध पछि शुक्रकिट दान गर्न सुरु गरेका थिए ।
प्यावेल डुरोभका अनुसार उनका साथीका दम्पतिलाई सन्तानको चाहना थियो तर गर्भाधानसम्बन्धी समस्याका कारण बच्चा जन्मउन सकेका थिएनन् ।
वास्तवमा उनका साथीमा बाँझोपन थियो । अन्ततः क्लिनिकमा ती साथीलाई सन्तान प्राप्तिका लागि उत्तम विकल्प शुक्रकिट दान हुने बताइयो । त्यसपछि उनले डुरोभलाई सम्पर्क गरे र शुक्रकिट दान गर्न अनुरोध गरे ।
क्लिनिकका डाक्टरहरुले पनि उनलाई सकेसम्म धेरै वीर्यदान गर्न भने । किनकि उनको शुक्रकिटले धेरै निसन्तान दम्पतीहरुलाई सहायता पुग्न सक्दथ्यो ।
त्यसपछि डुरोभले खुसीसाथ शुुक्रकिट दान गरे । त्यसयता उनले आफ्ना मित्रलाई मात्र होइन विभिन्न १२ वटा देशमा करिब १ सय दम्पतीहरुलाई आमाबुवा बन्न सहयोग गरिसकेका छन् ।
प्यावेल डुरोभको उक्त टेलिग्राम पोष्टपछि सोसल मिडियामा प्रतिक्रियाको बाढी नै आएको छ । कतिपयले उनको मजाक उडाएका छन् भने कतिले उनको प्रसंसा पनि गरेका छन् ।
अर्बपति एलन मस्कले पनि त्यस विषयमा टिप्पणी गर्दै डुरोभको तुलना मंगोल सम्राट चंगेज खाँसँग गरेका छन् ।
चंगेज खाँसँग विश्वको सबैभन्दा शक्तिशाली सेना थियो र धेरै सन्तान थिए । यद्यपि उनका ठ्याक्कै कति सन्तान थिए भन्ने गणनाको हिसाब छैन ।