Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

मधेसका १७ गाउँपालिकाले ल्याउनै सकेन बजेट





जनकपुरधाम ।
संवैधानिक प्रावधानअनुसार १० असारमा स्थानीय तहहरुले बजेट ल्याउनुपर्छ । तर मधेशका १७ वटा गाउँपालिकाले विवादका कारण अझै बजेट ल्याउन सकेका छैनन् ।
समयमा बजेट ल्याउन नसकेका मधेशका १७ वटा स्थानयि तहमा देखिएको विवाद समाधान गरेर बजेट ल्याउन गाउँपलिका राष्ट्रिय महासंघले सहजीकरण गरेको छ ।
महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको नेतृत्वमा ५ दिनसम्म तराईका ८ जिल्लाका स्थानीय तह पुगेर बजेट ल्याउन नसकेका स्थानीय तहमा सहजीकरण गरेको छ ।
महासंघकी अध्यक्ष पाण्डेकाअनुसार उपाध्यक्ष उपाध्यक्ष लक्ष्मण शाही, कोषाध्यक्ष उमेश भट्टसहितको टोलीले समन्वय गरेपछि बजेट ल्याउन नसकेका पालिकाले साउन समान्तभित्र बजेट ल्याउने प्रतिवद्धता जनाएको पाण्डेको भनाइ छ ।
‘असार मसान्तभित्र गाउँसभाबाट बजेट पारित गर्न नसकेका मधेश प्रदेशका गाउँपालिकाहरुमा महासंघको तर्फबाट सहजीकरण गर्ने काम भएको छ, आशा छ अब उहाँहरुले चाँडै बजेट ल्याउनुहुनेछ,’ पाण्डेले भनिन् ।
पाण्डेका अनुसार ५ दिनको अवधिमा महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको बट्टेश्वर गाउँपालिका, सर्लाहीको बसबरिया गाउँपालिका, महोत्तरीको सोनमा र सम्सी गाउँपालिका, धनुषाको जनकनन्दिनी, धनौजी र औराही गाउँपालिकामा सहजीकरण गरिएको छ ।
महासंघ अध्यक्ष पाण्डेका अनुसार पर्साको पकाहामैनपुर र बिन्दवासिनी गाउँपालिका, बाराको आदर्शकोतवाल, सिरहाको विष्णुपुर गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिका, पर्साका जिराभवानी, जगरनाथपुर र धोविनी गाउँपालिकामा पनि सहजीकरण गरिएको छ ।
बजेट ल्याउन नसकेका सिरहाका नवराजपुर र बरियारपट्टी गाउँपालिका, सप्तरीको महदेवा र रुपनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग पनि छलफल गरेर बजेट ल्याउने विषयमा सहजीकरण गरेको उनको भनाइ छ ।
महासंघको संयुक्त अनुगमन टोलीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेट गरी अनुगमन भ्रमणको क्रममा देखेको अवस्थाका बारेमा जानकारी गराउँदै प्रदेश सरकारको समेत सहजिकरणको लागि अनुरोध गरेको पाण्डेको भनाइ छ ।