Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भगवान शिव र साउन महिनाको महिमा





शिवानी मिश्र ।
साउन महिना १२ महिनाहरू मध्यको एक महिना हो । सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रान्तिका दिनदेखि मानिन्छ भने चन्द्रमासका अनुसार साउनको सुरुवात असार पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ । साउन महिना बर्षाऋतुको पहिलो महिना हो । यो महिनामा सूर्य कर्कट राशिमा रहन्छ ।
साउन अर्थात प्रकृतिले शीतलता छर्ने महिना । यस महिनामा प्रकृतिको सौन्दर्यसँगै गुञ्जन्छ एक प्रकारको शालीन मौनता । अनि साउन रंगिन्छ मानवका सुकुमार भावहरुसँगै बतासिएर । हो, प्रकृतिले नै सुन्दर अनि शीतल तुल्याएको साउन देवाधिदेव महादेव शिवको समेत प्रिय महिना ।
साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूणिर्माका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण हो ।
साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् असार शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ ।
चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् । सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ ।
साउन महिनाका सबै दिन उत्तिकै पवित्र हुने भए पनि सोमबारलाई अझ विशेष मान्ने चलन छ । यसबाहेक साउनमा नागपञ्चमी, मंगलचौथी, घण्टाकर्ण चतुर्दशी, रक्षा बन्धन, अनन्त पूजा आदि पर्व पर्छन् । साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छ । सनातन धर्मावलम्बीहरूले साउन महिनाभर माछा–मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ ।
शिवलाई किन प्रिय ?
विशेष गरी साउने सोमबारका दिन भक्तजन भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।
साथै सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमानको दीर्घायु तथा खुसीका साथै मनले चिताएको कुरा पुग्ने जनविश्वास रहि आएको छ । सोमबार व्रत बस्दा विद्या, व्यापार एवम् खेतीपाती सप्रने विश्वास गरिन्छ ।
यद्यपि साउन महिना भगवान शिवलाई प्रिय लाग्नु पछाडी केही पौराणिक कथाहरु प्रचलित छन् ।
पौराणिक मान्यताअनुसार साउनलाई देवाधिदेव महादेव भगवान शिवको महिना मानिन्छ । शिवका अनेकौं नाम छन्, जसमध्ये महादेव, शंकर, भोलेनाथ, रुद्र आदि प्रसिद्ध छन् । जानेर वा नजानेर अनि जुनसुकै नामले पुकारे पनि महादेव प्रसन्न हुन्छन् भन्ने शिवभक्तहरूको विश्वास पाइन्छ । विशेष गरी साउन महिना शिवको प्रिय महिना भएको र यो बेला प्रकृतिले नै शिवको जलाभिषेक गर्ने भएकाले शिव आराधनाका दृष्टिले विशेष छ भन्ने मान्यता रहेको छ ।
साउन महिना किन शिवलाई प्रिय छ भन्ने विषयमा एउटा पौराणिक कथा छ– एक पटक सनत कुमारहरूले महादेवसँग उनलाई साउन महिना प्रिय हुनुको कारण सोधे । प्रश्न सुनेर महादेवले उनीहरूलाई यस्तो जवाफ दिए । जब देवी सतीले आफ्नो पिता दक्ष प्रजापतिका घरमा योगशक्तिद्वारा प्राण त्याग गरिन्, प्राण त्याग्नुअघि देवी सतीले हरेक जन्ममा आफूले महादेवलाई पतिका रूपमा प्राप्त गर्ने प्रण गरेकी थिइन् । अर्को जन्ममा देवी सती पार्वतीको नामले हिमालय पर्वत र रानी मेनकाको घरमा पुत्री भएर जन्मिन् । पार्वतीले युवावस्थामा साउन महिनामै निराहार रहेर कठोर व्रत गरिन् र महादेवलाई प्रसन्न तुल्याएर विवाह गरिन्, यसै कारणले महादेवका लागि यो महिना विशेष बन्यो ।
एक अर्को पौराणिक कथा अनुसार समुद्र मन्थनको समयमा कालकूट विष निस्केको थियो र त्यसले संसार जलाउन थालेपछि महादेवले उक्त विषलाई आफ्नो घाँटीमा राखे । त्यो प्रचण्ड विषले गर्दा महादेवको घाँटी नीलो भयो, उनलाई डाहा भयो, उनी मूर्छित भए । उनको त्यस्तो अवस्था देखेर सबै देवीदेवता भयभीत भए र उनलाई होसमा ल्याउन नजिकमा जे शीतल पदार्थ उपलब्ध छन् तिनले स्नान गराइदिन थाले । यसैको सम्झनास्वरूप आजसम्म महादेवलाई ती ती वस्तुद्वारा स्नान गराइन्छ । साउन वर्षाको शितल महिना भएकाले पनि भगवान शिवका लागि प्रिय रहेको मानिन्छ ।
साउन महिनामा भगवान शिवको विशेष पूजा गरिन्छ । ‘जलधारा शिवप्रिय’ अर्थात् शिवलाई जलधारा मन पर्छ । यसै कारण शिवलाई अखण्ड जलधारा चढाएर वा जलाभिषेक गरेर प्रसन्न तुल्याउने प्रयास गरिन्छ । अभिषेक गर्दा पनि शिवलाई जल, दूध, दही, घिउ, सख्खर, मह, उखुको रस आदिले स्नान गराइन्छ ।