Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शेख हसिनाको पहिलो प्रतिक्रियाः आन्दोलनमा विदेशी शक्तिको हात, छिट्टै फर्किनेछु





एजेन्सी ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् ।
आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’
बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया भनेका छन् । अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो ।
उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् ।
द प्रिन्टका प्रतिनिधिले हेरेको भनिएको वक्तव्यमा हसिनाले अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिइएको समाचारमा उल्लेख छ ।
२४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेका थिए ।
दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत देशबाहिर निस्किएकी थिइन् ।
हाल भारतमा रहेकी उनले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘मैले राजीनामा दिएँ ताकी मैले शवहरुको जुलुस देख्नु नपरोस् । उनीहरु विद्यार्थीको शरीरमार्फत शक्तिमा आउन चाहन्थे, मैले त्यसलाई अनुमति दिइन ।’
‘म देशमा थिएँ भने अहिले झन् धेरैको मृत्यु हुन्थ्यो होला, धेरै सम्पत्तिमा क्षति पुग्थ्यो होला’, उनले भनेकी छन् । उनले भारतमा अर्को साता सञ्चारमाध्यमहरुसँग आफ्नो भनाइ राख्ने समेत अनुमान गरिएको छ ।
आरक्षणको विरोधमा बंगलादेशमा भएको आन्दोलनमा कम्तीमा ३०० जना मारिएका थिए ।
‘म छिट्टै फर्किन्छु’
उनले वक्तव्यमा आफू छिट्टै फर्किने भनेको समेत द प्रिन्टले उल्लेख गरेको छ ।
‘म छिट्टै फर्किन्छु, हार मेरो हो, तर जित बंगलादेशका नागरिकहरुको हो’, उनले भनेकी छन्, ‘मैले आफैंलाई हटाएँ, तर तपाईंहरुको जितका साथ आएँ । तपाईंहरु मेरो शक्ति हुनुहुन्थ्यो, तपाईंहरु मलाई चाहनु हुन्थेन । त्यसैले मैले छाडेँ, राजीनामा दिएँ ।’
उनले अगाडि भनेकी छन्, ‘मेरा जति पनि कार्यकर्ता छन्, उनीहरुको मनोबल गिर्दैन, अवामी लिग पटकपटक उठेको छ ।’ हसिनाले आफ्नो भनाइलाई बंग्याएर प्रस्तुत गरिएको आरोप पनि लगाइन् ।
‘म मेरा युवा विद्यार्थीहरुलाई दोहो¥याउन चाहन्छु, मैले कहिल्यै रजाकर भनेको थिइनँ, मेरो शब्दहरु बंग्याइए’, उनले भनेकी छन्, ‘एउटा समूहले तपाईंहरुको खतराको फाइदा उठायो ।’
सन् १९७१ को युद्धमा बंगलादेश स्वतन्त्र हुनुअघि पाकिस्तानी सेनालाई सहयोग गर्ने समूहलाई रजाकार भनिन्छ ।