जनकपुरधाम । मैथिली पुस्तक ‘खुशी वीरेन्द्रक यात्रा कथा’को आवरण सार्वजनिकीकरण एक कार्यक्रमका बिच आज सम्पन्न भएको छ । संचारकर्मी सुजीत कुमार झाद्वारा लिखित सो पुस्तकको आवरण अनावरण कार्यक्रममा जनकपुरधामका प्रसिद्ध धार्मिक स्थल राम मन्दिरका महन्थ राम गिरीले समाजका हरेक तह तप्काका व्यक्ति सदैव खुशी रहुन कामना गरे । संचारकर्मी झाद्वारा लिखित यो पुस्तकको प्रकाशन मोडेल मल्टिपल कलेज जनकपुरधामले गरेको छ ।
पुस्तकमा मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्र साहलाई केन्द्र बनाएर उनको संघर्षका साथै सफलताको कथालाई समेटिएको छ । आफूलाई केन्द्र बनाएर पुस्तक लेखिएकोमा कलेजका संस्थापक साहले खुशी व्यक्त गरे । उनले आफू जनकपुरधाममा शिक्षाको क्रान्ति ल्याउने अभियानमा लागेको र सो अभियानमा संचारकर्मी झाद्वारा लिखित यो पुस्तक सहायक साबित हुने विश्वास व्यक्त गरे । साथै यो पुस्तकले आफ्नो यो अभियानमा थप उर्जा प्रदान गरेको बताए ।
मोडेलखबरका सल्लाहकार एवं प्राध्यापक डा. सुरेन्द्र लाभले पुस्तकको लेखक झालाई कलमवीर तथा पुस्तकको केन्द्रबिन्दु साहलाई कर्मवीरको संज्ञा दिए । उनले दुवै व्यक्तित्व आ–आफ्नो क्षेत्रमा अविराम भएर लागेकोमा प्रशंसा व्यक्त गरे । पुस्तकका लेखक झा निरन्तर आफ्नो पुस्तक प्रकाशन तर्फ केन्द्रित रहेको र पुस्तकका केन्द्र बिन्दु साह शिक्षा अभियानमा निरन्तर लागेको र निरन्तर संघर्षरत रहेकाले एकलाई कलमवीर तथा अर्कालाई कर्मवीरको संज्ञा दिएको बताए ।
बरिष्ठ साहित्यकार रोशन जनकपुरीले खुशी प्राप्त गर्ने सबैभन्दा ठूलो माध्यम नै संघर्ष रहेको बताए । पुस्तकमा वीरेन्द्र साहको संघर्षको यात्राका साथै उनको खुशीका कारणका विषयमा लेखिएको होला, उनले भने ‘उनले गरेको अथक संघर्षकै कारण अहिले आएर एउटा सफल शिक्षा व्यवसायी बन्न सफल भएका छन्, उनले संघर्षको माध्यमले खुशी प्राप्त गरेका हुन् ।’
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले कार्यक्रममा मोडेल कलेजका संस्थापक साहको संघर्षका दिनहरुलाई स्मरण गरे । उनी सामान्य संघर्ष गर्ने युवाबाट आज सफल शिक्षा व्यवसायीको रुपमा आफूलाई स्थापित गर्न सफल भएकोमा खुशी व्यक्त गरे । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बाहिरवाट जनकपुरधाम बढन आउने वातावरण बनाउन स्कूल कलेजका संस्थापकहरुलाई आग्रह गरे । उनले भने संघर्षको कथाले नवपीढीलाई उर्जा दिनेछ ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले पुस्तकका मुख्यपात्र साहको संघर्ष यात्राको साक्षी पात्र आफू पनि रहेको बताए । शिक्षाले लाखौँ व्यक्तिमा खुशी ल्याउने काम गरेकाले उनको यो अभियानमा सबै पक्षको सहयोग र साथ हुनु आवश्यक रहेको बताए ।
मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलास दासले पत्रकार सुजीत र मोडेलका संस्थापक वीरेन्द्रको संघर्षलाई आफू धेरै नजिकबाट देखेको चर्चा गर्दै दूबैको मिश्रण यो पुस्तकमा भेटछ जस्तो लागि रहेको बताए ।
रामयुवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरीले वीरेन्द्र भौतिक र प्राज्ञिक दूबै रुपले जनकपुरधामको शिक्षा क्षेत्रमा विकास गरेको चर्चा गरे ।
माँ जानकी बस व्यवसायी संघका अध्यक्ष एवं कांग्रेस नेता मनोज कुमार चौधरीले कसरी शुन्यवाट शिखरवाट चढन सक्छन् वीरेन्द्रको जीवनयात्रावाट सिकन सकिन्छ वताए । उनले दिनभरी यसकै कुरो गर्ने, यसैको विषयमा सोच्ने उहाँको प्रगतिको कारण रहेको वताए ।
वन निर्देशनालयका अधिकृत एवं वृक्षमानव सुरेश शर्माले संघर्षको परिणाम नैखुशी रहेको वताए । मोडेलको आउन लागेको अनलाइन र पोडकास्टमा पर्यावरण सामग्रीलाई स्थान दिन सुझाब दिएका छन् ।
पुस्तकका लेखक झाले खुशी पुस्तकमा मोडेल कलेजका संस्थापक वीरेन्द्र साहको संघर्ष, जीवन तथा अनुभवलाई पृष्ठभूमि बनाएर तयार पारिएको बताए । पुस्तक एक सातापछि अनावरण गरिने उनले जानकारी दिए ।
कार्यक्रममा साहित्यकार मनोज प्रमेशले कविता बाचन गरेका छन् । समारोहमा मोडेल कलेजका प्रशासन प्रमुख प्रदीप लाल, मोडेल खबरका जयन्त ठाकुर लगायतले बोल्नु भएको थियो ।