Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने





काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् ।

उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुने छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते आयोजना हुँदै छ । सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने छन् । त्यसका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको थियो । नेपाल भने सन् २००४ मा बिम्स्टेकको सदस्य भएको थियो ।

बिम्स्टेकले कृषि, सांस्कृतिक सहकार्य, वातावरण तथा विपद् व्यवस्थापन, जलवायु परिवर्तन, गरिबी निवारण, आतंकवाद तथा बहुराष्ट्रिय अपराध नियन्त्रण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।