Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

‘छक्का पञ्जा ४’पछि चम्किएकी बेनिशा





एउटा कलाकारको करिअरमा हिट र फ्लप फिल्मले ठूलो अर्थ राख्छ । अभिनेत्री बेनिशा हमालले जति यो कुरा अरु कसले बुझेको होला र ? श्रृंखलाबद्ध फ्लपले उनको करिअर संकटमा पुगेको थियो । पहिलो फिल्म ‘स्वर’देखि उनले निरन्तरता असफलता भोग्दै आएकी थिइन् । जसले गर्दा अभिनय बुलन्द हुँदाहुँदै पनि उनी सधैं ओझेलमा परिन् । उनलाई ‘अनलक्की नायिका’ समेत भनियो ।

तर, २०७९ सालमा आएको फिल्म ‘छक्का पञ्जा ४’ले उनको करिअर नै ‘कायापलट’ गरिदियो । यो उनले पाएको पहिलो ‘सुपरहिट’ फिल्म हो । यसपछि उनको करिअरले रफ्तार समातेको छ । अहिले उनी ‘डिमान्डेड’ बनिरहेकी छन् । ‘लाइनअप’मा फिल्म थुप्रिन थालेका छन् । ‘स्टार’ अभिनेताहरुसँग सहकार्य जुरिरहेको छ । आगामी भदौदेखि उनले लगातार दुईवटा फिल्ममा काम गर्दैछिन् ।

भदौको सुरुवातमै बेनिशाले फिल्म ‘कल्ली’ भ्याउनु पर्नेछ । यसमा उनको जोडी अभिनेता पल शाह हुनेछन् । मंगलबार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टर हेर्दा उनको चरित्र भिन्न हुने देखिन्छ । यसपछि उनले अभिनेता प्रदीप खड्कासँग फिल्म ‘एक्लो’ गर्नेछिन् । पहिलोपटक पल र प्रदीपसँग उनको सहकार्य हुन लागेका हुन् । यी दुई फिल्म सफल भए उनको करिअर नयाँ उचाइँमा पुग्नेछ ।

‘छक्का पञ्जा ४’पछि बेनिशाले ‘उपहार’ र ‘सिटामोल’मा काम गरेकी थिइन् । त्यसमध्ये गत वर्ष आएको ‘उपहार’ असफल हुन पुग्यो । ‘सिटामोल’ भने प्रदर्शन हुन बाँकी छ । यो बीचमा उनले एउटा हिन्दी फिल्ममा समेत काम गरिसकेकी छन् । यसरी हेर्दा ‘छक्का पञ्जा ४’ उनका लागि ‘लक्की’ बनेर आएको देखिन्छ । अब उनले फिल्मको संख्यात्मक वृद्धिभन्दा गुणस्तरमा ध्यान दिन जरुरी छ ।