Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चोरी मुद्दाका फरार प्रतिवादी खैरो हिरोइनसहित पक्राउ





सिरहा, १० मंसिर ।     प्रहरीले विद्युतीय मोटर चोरी मुद्दामा फरार प्रतिवादीलाई खोजतलास गर्ने क्रममा प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ ।
      जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरहा गाउँपालिका ३ नयाँ चोहर्वामा पानी तान्ने विद्युतीय मोटर चोरी मुद्दामा अदालतबाट पक्राउ पूर्जी जारी भई फरार रहेका गोलबजार नगरपालिका ९ डण्डा घर रहेका करिब ३० वर्षीय श्रीदेव यादवलाई खैरो हिरोइनसहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले यादवलाई नरहा गाउँपालिका ३ बाट नौ सय मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।
      उनका अनुसार विद्युतीय पानी तान्ने मोटर चोरी मुद्दामा सिरहा जिल्ला अदालतबाट १ मंसिरमा पक्राउ पूर्जी जारी गरिएका यादव फरार रहेकाले खोजी गर्ने क्रममा नरहा ३ मा फेला परेपछि नियन्त्रणमा लिई खानतलासी गर्दा उनले लगाएको पाईन्टको खल्तीमा कालो प्लाष्टिकमा बेरेर लुकाएको खैरो हिरोइन बरामद भएको हो ।
      लागूऔषसहित नियन्त्रणमा लिइएका उनलाई सिरहा जिल्ला अदालतबाट सातको म्याद लिई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।