Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

चोरी मुद्दाका फरार प्रतिवादी खैरो हिरोइनसहित पक्राउ





सिरहा, १० मंसिर ।     प्रहरीले विद्युतीय मोटर चोरी मुद्दामा फरार प्रतिवादीलाई खोजतलास गर्ने क्रममा प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ ।
      जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरहा गाउँपालिका ३ नयाँ चोहर्वामा पानी तान्ने विद्युतीय मोटर चोरी मुद्दामा अदालतबाट पक्राउ पूर्जी जारी भई फरार रहेका गोलबजार नगरपालिका ९ डण्डा घर रहेका करिब ३० वर्षीय श्रीदेव यादवलाई खैरो हिरोइनसहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले यादवलाई नरहा गाउँपालिका ३ बाट नौ सय मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।
      उनका अनुसार विद्युतीय पानी तान्ने मोटर चोरी मुद्दामा सिरहा जिल्ला अदालतबाट १ मंसिरमा पक्राउ पूर्जी जारी गरिएका यादव फरार रहेकाले खोजी गर्ने क्रममा नरहा ३ मा फेला परेपछि नियन्त्रणमा लिई खानतलासी गर्दा उनले लगाएको पाईन्टको खल्तीमा कालो प्लाष्टिकमा बेरेर लुकाएको खैरो हिरोइन बरामद भएको हो ।
      लागूऔषसहित नियन्त्रणमा लिइएका उनलाई सिरहा जिल्ला अदालतबाट सातको म्याद लिई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।