Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कमलदहको विकासमा मधेश सरकारले आवश्यक सहयोग गर्छ : श्रम तथा यातायात मन्त्री सिंह





सिरहा, ७ मंसिर । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले कमलदहको विकास र प्रवर्धनको लागि मधेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सिरहाको मिर्चैया नगरपालिका ९ स्थित पौराणिक एवम् पर्यटकिय सम्भावना भएको कमलदहमा हरिवोधिनी एकादशीमा लाग्दै आएको मेलामा हुने कुस्तीको विहिवार उद्घाटन गर्दै कमदलहको विकासमा आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएको हो।

मन्त्री सिंहले कमलदहलाई पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारमा आफूले सकेको पहल गर्ने बताउँदै यसको विकासले चाँडै गति लिने पनि बताए। उनले यो दह आफैमा ऐतिहासिक र यस क्षेत्रको आस्थाको केन्द्र रहको बताउँदै यसको संरक्षण, सम्वर्धन र विकास हुनेमा आश्वास्त पारे।

मेलामा भारत तथा नेपालका विभिन्न स्थानबाट नाम चलेका पहलमानहरुले कुस्ती खेल्ने कमल दह मेला आयोजक समितिका अध्यक्ष विलेक्षण यादवले बताए।

तीनदिन सम्म लाग्ने मेलामा आजदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विहारबाट श्रद्धालुभक्तजनहरु आउने गर्दछ।

पौराणिक एवम् स्थानीयको आस्थाको केन्द्ररहेको यो दह कमल फूलको नामले परिचित छ। कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण कमलदहमा आजको दिन स्नान एवम् पूजा पाठ गर्न भक्तजन आउने गरिएको जनाइएको छ।

उद्घाटन कार्याक्रममा प्रदेशसभा सदस्यहरु संजय यादव, त्रिभुवन साह, भाग्यश्री चौधरीसहित स्थानीय विभिन्न दलका नेता कार्यकर्ताको उपस्थितिथी रहेको थियो।