शोर्य सिमेन्टका कारण पुल निर्माण अलपत्र
सिरहा । कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल निर्माण अलपत्र भएपछि भँगहावासीको पुलमाथिबाट हिड्ने सपना अझै पुरा हुन सकेको छैन्। आर्थिक वर्ष ०७६÷७७ ठेक्का पाएका कम्पनीले एक वर्षमा निर्माणसक्ने गरी रातु नदी अन्तर्गत भँगहा नगरपालिका ६ मेघनाथ गोरहना–हात्तिसर्वा सडकको पुल निर्माणमा कमसल सामाग्री प्रयोगका कारण निर्माण अलपत्र परेपछि स्थानीय निरास भएका हुन्।
पूल निर्माणको जिम्मा लिएको बिकास एण्ड ब्रदर्श÷रामजानकी जेभीले निर्माणको ४ वर्ष पुगिसकेपनि अझै निर्माण सम्पन्न भएको छैन।
भँगहा ६ का ५५ वर्षिय समाजसेवी रामपुजन सिंहले निर्माण सामाग्री कमसल भएकाले काम रोकिएको आफूले जानकारी पाएको बताए। उनले भने, ‘पुल निर्माणकार्य सुरुभएको वर्षौं वितिसक्दा पनि काम किन सम्पन्न भएको भनि साईड इन्जिनियरलाई सोध्दा उहाँले पुल निर्माण कार्यमा कमसल सामाग्री प्रयोग भएकाले निर्माण रोकिएको बताए।
स्थानीय पुर्नी सिंहले निर्माणकार्यमा छड र सिमेन्ट हाल्नुपर्ने जति नहालेकाले कमजोड निर्माण भएको बताए। उनले भने, ‘पुल निर्माणमा पातलो छड र कमसल खालका सिमेन्ट प्रयोग भएको छ। सानो ढुङ्गाले हान्दा पनि पुलको पिलड भत्किन्छ। यस्तो पुलले कसरी गाडीको भार थाम्ला?’
पुल निर्माण नहुँदा सानो पानीपर्दा पनि वारिपारीको खेत जान र पालिका कार्यालय पुग्न समेत समस्या हुने गरेको स्थानीय चेतनारायण कुमर दनुवारले बताए। उनले २०७६ मंसिरमा शिल्यान्यास भएपनि अझै पुल निर्माण सम्पन्न हुने छाट नदेखिएको बताए। उनले पनि निर्माण सामाग्री कमसल प्रयोग नभएको बताए।
यस पुलको निर्माण विकास एण्ड ब्रदर्श÷रामजानकी जेभीले निर्माण गरिरहेको पुलका साइड इन्जिनियर वीरेन्द्र साहसँग बुझ्दा उनले पुल निर्माण गर्दा कम्प्रेसिभ स्टेन्थ पुरा नभएको जानकारी दिए। पुलको स्यालव ढलानमा एम२० हुनुपर्नेमा कम रहेको पाइएको उनले बताए।
इन्जिनियर साहले भने, ‘हामीले २०७९ साउन ७ गते एम२० ग्रेड कङ्क्रिटबाट टप स्ल्याव कास्टिङ्ग भएको स्ल्याव कोर कटिङ्ग गारई निकालिएको सिलिण्डर स्याम्पल सेन्ट्रल मेटेरियल टेष्टिङ्ग ल्यावोरेटरीमा परिक्षण गराउँदा कंक्रिट जति परिमाणको हुनुपर्ने कम्प्रेसिभ स्टे«न्थ त्यती पुरा नभएको पाइयो।’
टप स्ल्याव कास्टिङ्ग भएको ६ वटा स्ल्याव कोर कटिङ्ग टेष्ट गर्दा कुनैमा ःज्ञज्ञ, ःज्ञघ, ःज्ञछ, मात्र पुगेको इन्जिनियर साहले जनाएको छ। पुल निमार्ण काय २०७६÷७÷१५ मा एक करोड ९९ लाख १६ हजार ५९२ रुपैयाको लागतमा बिकास एण्ड ब्रदर्श÷रामजानकी जेभी जनकपुर १ धनुषाले निमार्णकार्यको जिम्मा लिएको इन्जिनियर साहले जनाएको छ ।
पुल निमार्णमा समस्या देखिएपछि पूर्वाधार विकास कार्यालय जकनकपुरले निर्माणकार्य जिम्मा लिएका कम्पनी बिकास एण्ड ब्रदर्श÷रामजानकी जेभीलाई पुनः निर्माणको मेथोलोजी सहित उपस्थित हुन२०७९ फागुन १२ गते पत्र लेखेको छ। तर, निर्माण कम्नीले अझै मेथोलोजी पेस गरेको छैन।
निर्माण कम्पनीले भने आफूले सवै गुणस्तरीय सामान नै प्रयोग गरेको बताए। कम्पनीका प्रोपराइटर दिवाकर साहले सवै निर्माण सामाग्री गुणस्तरीय नै प्रयोग गरेको हो। आरएमसी मसला प्रयोग भएकाले त्यसको जिम्मा उनले नै लिएको बताए।
उनले भने, हामीले लिईरहेको आरएमसीले शौर्य सिमेन्ट प्रयोग गरेको भन्ने सुनेको छु। उनले भने, ‘ हामीले आरएमसि कम्पनिलाई पहिले नै भनेको थिए, राम्रो सिमेन्ट प्रयेग गर्नु नभए गुणस्तरीयतामा कुनै कम्लेन आएभने जिम्मा तपाइले नै लिनुपर्ने बताए । उनले थपे, ‘ अहिले हामिसंग भ्यटविल छ र सम्स्या भएन हामिले आरएम्सी कम्पनिलाई जानकारी गराई सकेका छौ,। हाम्रो आन्तरिक सम्झौता पनि भइसकेको छ। आरएमसीले क्रुटि भएकै हो,सिमेन्टको मात्रा पुगेन,खराव सिमेन्ट प्रयोग भएको स्विकारी सकेको र आन्तरिक सहमती पनि भएको साहले बताए।’
सुन जस्तो चुनढुङ्गाबाट तयार गरिएको गुणस्तरीय निमार्ण हाम्रो प्रतिबद्धता मुलनारा लगाउने शौर्य सिमेन्टको कारण बर्षौदखि अलपत्र अवस्थामा रहेको कतिपय विकास निमार्णको कामहरु ठप्प परेको छ ।
शौर्य सिमेन्टका कारण पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ। पुल निर्माण कार्य अलपत्र भएपछि भँगहावासीको पुलमाथिबाट हिड्ने सपना अझै पुरा हुन नसकेको स्थानियहरु बताउछन्।