Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नापी कार्यालय लाहानमा विचौलियाको रजगज, विनादाम हुँदैन सेवाग्राहीको काम





सिरहा । सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसंग खुल्लेयाम  घुसरकम लिएर कामकाज अगाडि बढाउने गरेको पाइएको छ। लाहान स्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसंग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैले खुल्लेयाम अतिरिक्त रकम लिने गरेको पाइएको हो।

नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसंग घुस रकम लिएर मात्र कागजी प्रक्रिया अगाडी बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउछन्।

लामो समयपछि किताकाट खुलेकाले सेवाग्रहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सवैखालका कामबा विना घुस कुनै काम काम नहुने नाम उल्लेख नगर्ने सर्तमा धनगढीमाई नगरपालिकाका एक सेवाग्राहीले बताए। उनले भने, ‘म सामान्य कित्ताकाटको लागि सवै प्रकृया पुर्याएर विहानै कार्यालाय पुग्दा पनि चारबजेमात्र कित्ताकाट गरिदिए। ६ घण्टा लगाएर चारबजेमात्र नक्सा हातमा पर्यो तरपनि अतिरिक्त रकम तिर्नै पर्यो। नापी कार्यालयले समयमा काम नगरिदिदा जग्गा पासको काम पनि त्यसदिन हुन सकेन।’

गोलबजार नगरपालिका ६ अर्का सेवाग्राही जग्गा कित्ताकाटकोलागि गत सुक्रवार विहान १० बजे कार्यालय पुगेपनि कार्यालय बन्दहुने समयमा मात्र नक्सा उनको हातपर्यो। तयार भएको नक्सा सहितको कागजात लिन अमिन (सर्वेक्षक) मागैन महतोसँग लुच्छाचुडी जस्तै पर्यो। उनले भने, ‘मेरो भरदिन त्यहि काममा वित्यो तर, ति सर्वेक्षकले मसँग अतिरिक्त रकम नलिएसम्म कागजात नै दिएन। मैलेपनि कति हैरानी झेल्नु भनेर अन्तमा दुईहजार रकम दिएँ।’

लामो समयपछि किताकाट खुलेकाले नापी र मालपोतमा सेवाग्राहीको भिडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेको छ। उनीहरुले सेवाग्राहिलाई भिडको बाहाना देखाउँदै आज काम नहुनेभन्दै फर्काउने र अग्रिम रकम नदिनेको काम ढिलो गर्ने गरेको सेवाग्राहीहरुको भनाई रहेको छ।

यस सम्वन्धमा नापी कार्यालय लहानका प्रमुख नापी अधिकृत संजय कुमार सिंहसँग प्रतिकृया लिदा उनले उनसको व्यहार अलिक ठिक छैन, तपाईले मलाई जानकारी गराउनु भयो म सम्झाईदिउँला भन्दै पन्छिने कुरा गरे।

अधिकृत सिंहकै अभिव्यक्ति र गत भदौ ६ गते यसै कार्यालयमा कार्यरत अमिन दिपरञ्जन यादव १० हजार घुस सहित समातिनुले पनि कार्यालय प्रमुख लगायतका मिलोमतो रहेको पुष्टि गर्छ।  त्यसैगरी, सिरहाका अधिकांश भिडभाड हुने अडाहरु मालपोत कार्यालय, नापी कार्यालय, भुमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहु सेवाग्राहीहरु ठगिने गरेको जानकारहरु बताउछन्।