Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेकपा एमालेको सचिवालय बैठक सम्पन्न





सिरहा । नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक सिराहाको धनगढीमाई नगरपालिका १४ सर्रे अम्बासमा सम्पन्न भएको छ। नेकपा एमालेको चौथो ऐनिहासिक राष्ट्र्रिय सम्मेलन भएकै घरमा आज बुधबार केन्द्रिय सचिवालय बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो।

बैठकले यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र सङ्कल्पलाई प्रेरित गर्ने गरी जनतासँग मिलेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय भएको पोलिटव्यूरो सदस्य लिलानाथ श्रेष्ठले बताए। उनले स्थानीय जनताको चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने निर्णय समेत भएको बताए।

उनले भने, ‘नेकपा एमालेलाई यो ठाउँसम्म ल्याई पुर्याउने नीति र नेतृत्व चयन गरेको यो ऐतिहासिक ठाउँ हो। पार्टीले यसलाई राम्रोसँग बुझेको छ। यो ठाउँलाई ऐतिहासिक पर्यटकीय थन्तव्य बनाउने निर्णय भएको छ।’

उनले नेता र नेतृत्व दुवै चुनियको चौथो राष्ट्रिय महाधिवेशनले नेता मदन भण्डारीलाई महासचिव चयन गरेको स्थानमा बसेको सचिवालय बैठकले मदन भण्डारीले गरेको योगदानको गर्व गर्दै उच्च मूल्याङ्कन समेत गरेको छ।

सचिवालय बैठकले पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको ठहर पनि गरेको छ। ‘समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवम् अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ। यतिबेला जनताले भोग्नु परिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ’, बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

‘यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ।

आजै बैठक स्थलमा मदन भण्डारीको स्तम्भ बनाउने निर्णयसँगै शिल्यान्यास समेत भएको छ। स्तम्भको शिल्यान्यास पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरे।

यस अघि गत ९ गते बैठक बस्ने एमालेले घोषणा गरेका थिए। प्रतिकुल मौसकमा कारण आजलाई बैठक सारिएको थियो। आज पनि ११ बजे गर्ने भनिएको बैठक करिव ३ बजेमात्र सुरु भएको थियो।

सर्रे खोलाम बाढी आएका कारण धेरै नेताहरु बैठकस्थल पुग्न करिव २ किलोमिभर पैदल र स्थानीय कार्यकर्तको मोटरसाइकल चडेर पुगेका थिए।

बाढी कम भएपछिमात्र अध्यक्ष ओली आएकाले उनी सबार गाढी कार्यक्रमस्थलसम्म पुगेका थिए। यहि घरमा २०४८ भदौ ९ देखि १४ गतेसम्म तत्कालिन नेकपा (माले) को चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो।

सरकार आफै भ्रष्टाचारमा लिप्त छन् ः  अध्यक्ष ओलिreceived_829214858669476

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार आफै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।

नेकपाको ७५ औं स्थापना दिबसको एतिहासिक अवसरमा नेकपा एमालेको चौथो रास्ट्रीय माहाधिबेशन भएको स्थान सिरहाको धनगढिमाइै नपा १४ सर्रे अम्म्बासमा भएको सचिवालय बैठक पछि आयोजित सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रकानमन्त्री समेत रहेका ओलिले सुनकाण्ड लगायत अन्य भ्रष्टाचारको  काण्डमा सरकार लिप्त रहेको आरोप लगाएका हुन्।

अध्यक्ष ओलिले भने, ‘रकारले सुनकाण्डलाई सुरुमा मिडिया स्ट्न्ट गरेपनि अधिले भ्रष्टाचारी र तस्कर जोगाउने खेलमा छ।’ उनले आफ्नो पार्टीका नेताहरुलाइ फसाउन जलहरि काण्ड देखी टि स्टेट सम्मको काण्डहरुलाइ उचालेर मूख्य घटनालाई दवाउन खोजेको बताए। उनले भने, ‘सरकारको हिम्मत छ भने सबै काण्ड उचालोस, अन्य पार्टीका एउटा नेता पनि बच्ने छैन, सबै खोर भित्र हुनेछ।’